साजिर मन्सूर
बारा,असोज ८
नेपाली काङ्ग्रेस को आसन्न १५ औ महाधिवेशन अन्तरगत बाराको बिश्रामपुर गाउपालिकाको अधिवेशनको उदघाटन नेपाली काङ्ग्रेसका केन्द्रिय सह महामन्त्री फरमुल्लाह मन्सूरले गरेका छन । बिश्रामपुर पानीटन्की नजिक गरिएको कार्यक्रममा गाउपालिकाको सबै वडाबाट छेत्रीय प्रतिनिधि भएर आएकाको उपस्थितिमा बर्तमान पालिका सभापती रहेका रामानन्द पाल पुनः सभापतिमा सर्वसम्मत चयन भएका छन । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका मन्सूरले देशको सब भन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेसलाई गगन थापाको नेतृत्वमा देशका जनताले नै रुचाएकाले अबको हरेक निकास काङ्ग्रेसले दिने बताएका छन । उनले पालिकाको मात्र नभएर देशको हरेक कुनाबाट काङ्ग्रेस ले सर्वसम्मत नेतृत्व चयन गरिरहेको समेत देखेर सारा नेपाली काङ्ग्रेस प्रती उत्साहित बन्दै गएको बताएका छन । उनले अहिले खुल्ला रुपमा अनलाइन बाट सकृय सदस्यता लिएर आएका साथिहरुले गर्दा काङ्ग्रेसमा थप उत्साह थपिदै गएको बताएका छन । आजै पालिकाले सर्वसम्मत नया नेतृत्व चयन गर्ने शुभकामना दिदै आगामी दिनमा बिश्रामपुर गाउपालिकाको लागि आवस्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
उपस्थित सबै छेत्रीय प्रतिनिधिले एक स्वरले अबको बारा ४ को छेत्रीय सभापति लोकेश सिंह लाई बनाउन सबै सङ्ग आग्रह गरेका छन । स्वागत मन्तव्य ब्यक्त गर्दै काङ्ग्रेस बुथ सभापती शिवचन्द्र प्रसाद यादवले लोकेश सिंह सबै समय नेता कार्यकर्ता को हरेक काममा सहयोग गर्दै आएकाले हामी सबैले वहालाई सिङ्गो ४ नम्बर छेत्रको सभापति हेर्न चाहेको बताए ।
गाउपालिकाको पार्टी सभापति रामानन्द पालको अध्यक्षतामा भएको अधिवेशन उदघाटन समारोहमा जिल्ला उप सभापति अमिरी पाल,नेपाली काङ्ग्रेस बारा ४ ख का सभापति लुकेश सिंह,पुर्व जिल्ला उप सभापति सुरेन्द्र साह,पुर्व जिल्ला सचिव तेजनारायण साह,जिल्ला सदस्य जमुनी देबि पास्वान,बिश्रामपुर गाउपालिका वडा नम्बर १ देखि ५ का वडा सभापतिहरु क्रमशः सतेन्द्र पटेल,प्रमा साह तेलि,शिवचन्द्र प्रसाद यादव,सन्जय साह र राजेश प्रसाद भेडिहर सहित सबै छेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर