साजिर मन्सूर
कलैया,असोज ८
नेपाली काङ्ग्रेस का केन्द्रिय सहमहामन्त्री फर्मुल्लाह मन्सूरले गतिशिल,ईमान्दार र जनताले पत्याउने नेतृत्व काङ्ग्रेसमा आजको आवस्यकता भएको बताएका छन । कलैया टाउन हलमा काङ्ग्रेस को एतिहासिक कलैया उपमहानगरपालिका अधिवेशनको उदघाटन गर्दै उनले यस्तो बताएका छन ।
नेपाली काङ्ग्रेसका केन्द्रिय सहमहामन्त्री फर्मुल्लाह मन्सूरले सबै जना मिलेर पार्टीलाई मजबुत बनाउन ईमान्दार भएर अबको दिनमा अगाडी बढ्न आग्रह गरे । उनले सबैसङ्ग उभेर प्रतिज्ञा गर्न भनेपछी सबैले उठेर प्रतिज्ञा गरेका छन । गगन नेतृत्वमा बनेको हालको काङ्ग्रेसको जस्तो जनमुखी बिधान अन्य कुनै पार्टीको नभएको ठोकुवा गरेका छन । गगन थापा भरोसाको नेता हुन भनेर सारा जनताले भन्न थालेको उनले भने । काङ्ग्रेसमा काम गर्न चाहने हरेकका लागि पद पर्याप्त रहेको भन्दै एउटै पदमा हानथाप गर्न नहुने बताए । गतिशिल,ईमान्दार र जनताले पत्याउने नेतृत्व काङ्ग्रेसमा आजको आवस्यकता भएको उनले बताए । नेपालमा लोकतान्त्रिक आन्दोलनको अगुवाई गरेको नेपाली काङ्ग्रेस नै असलमा जनताको साथी हो उनले भने । लोकतन्त्र र जनताको हकका लागि लडाई लडेको काङ्ग्रेस नै अन्त्यमा जनतालाई सम्बिधानमा स्थापित गरेको यथार्थ बिर्सन नहुने बताए । काङ्ग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र लोकतन्त्र कमजोर भए नेपाली जनताको हक अधिकार खोसिने यथार्थलाई नजरअन्दाज गर्न नहुने बताए ।

काङ्ग्रेसका केन्द्रिय सदस्य रामानन्द प्रसाद यादवले एकताको नगर अधिवेशन का रुपमा देशैभर म्यासेज जाओस त्यस किसिमले अगाडी बढ्दै सर्वसम्मत अधिवेशन सफल पार्न शुभकामना दिए ।

नेपालि काङ्ग्रेस बाराका सभापति मनोज भट्ट्ले बाराको सबै वडा र पालिकामा सर्वसम्मत हुने मा बिश्वास ब्यक्त गरेका छन । उनले हामी भित्रबाटै युवा जुझारु नेता सभापतिका रुपमा चयन गर्ने बताएका छन । पुरानो पाराले अबको काङ्ग्रेस अघि नबढ्ने भएकाले गगन थापाको चाहना अनुसार मरुवाहरुको पछाडि नपर्ने बताएका छन । अबको पार्टी दाजु र भाउजू को पार्टी भएर नबढ्नेमा सबैलाई बिश्वस्त पारेका छन । ब्यक्ति ठूलो कि काङ्ग्रेस ठूलो यो प्रश्न सबैले मनन गरेर अगाडी बढ्नुपर्ने आजको आवस्यकता रहेको भट्टले भने ।

काङ्ग्रेस युवा नेता मुकेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका सबै छेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर