२३ असोज, जनकपुर। धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ स्थित रहिम पथनजिकै पुरानो रिसइबीका कारण धारिलो हतियार (चक्कु) प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा जनकपुरधाम–५ सोनारपट्टी दाहा चोक निवासी २४ वर्षीय आमिन साफी रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका सोही स्थानका २५ वर्षीय इम्तियाज राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आक्रमणबाट दुवै जनाको छाती तथा पेटमा गम्भीर चोट लागेको थियो। प्रादेशिक अस्पताल पुर्यालगत्तै चिकित्सकले साफीलाई मृत घोषणा गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहम्मद इर्साद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, घटनाको विस्तृत कारण तथा थप अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक अनुसन्धानबाट पुरानो व्यक्तिगत विवादका कारण घटना घटेको खुले पनि यसबारे थप सूक्ष्म अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर