२५ असोज, बारा। बाराको पचरौता नगरपालिकाबाट प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर टोल निवासी अन्दाजी ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले शनिबार राति गस्तीका क्रममा पचरौता नगरपालिका–६ क्षेत्रबाट यादवलाई शङ्कास्पद रूपमा चेकजाँच गर्दा उनको साथबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

पक्राउ परेका यादवमाथि लागुऔषधसम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मीनबहादुर घलेले जानकारी दिनुभएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर