२७ असोज, बारा। प्राइम टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–४’ मा उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगिताको टप ९ सम्म स्थान बनाउन सफल बाराको फेटा गाउँपालिका–७ निवासी शुभम सिंहलाई गाउँपालिकाले एक कार्यक्रमबीच सम्मान गरेको छ।

फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारी र उपाध्यक्ष निलम साहले संयुक्त रूपमा शुभमलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान तथा प्रोत्साहन गरेका हुन्। स्थानीय युवा शुभमले आफ्नो हास्य प्रतिभा मार्फत फेटा गाउँपालिका, बारा जिल्ला तथा समग्र मधेश प्रदेशकै नाम राष्ट्रिय स्तरमा उँचो बनाएको भन्दै वक्ताहरूले खुसी व्यक्त गरे।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, सम्मानित हुने कलाकार शुभमका बुवा राजेश कुमार सिंह लगायत गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। स्थानीय युवाको यस सफलताले सिङ्गो क्षेत्रमा उत्साह थपेको र आगामी दिनमा उनी अझ अगाडि बढ्ने अपेक्षा गरिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर