साजिर मन्सूर
काठमाडौं,असोज ३१
नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सूरले पार्टीका नवनिर्वाचित सभापति गगन थापासहित सम्पूर्ण केन्द्रीय कार्यसमितिलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मन्सूरले थापालाई खादा ओढाएर सम्मान गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस थप एकताबद्ध, गतिशील, जनउत्तरदायी र परिवर्तनको संवाहक बन्ने विश्वास व्यक्त गरेका हुन्।
उनले कांग्रेसको नयाँ नेतृत्वलाई पद र जिम्मेवारीको परिवर्तनमा मात्र सीमित नराखी पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै जनताको भरोसाको केन्द्र बनाउने ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
देशले कांग्रेसबाट नवीन सोच, दृढ नेतृत्व, आन्तरिक एकता, सुशासन र जनताप्रतिको जवाफदेहिताको अपेक्षा गरेको उल्लेख गर्दै मन्सूरले पार्टीलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ संकल्पका साथ अघि बढाउनु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
पार्टीभित्र अनुभवी नेतृत्वको योगदानको सम्मान गर्दै युवा पुस्ताको जोस, क्षमता र नवीन विचारलाई समेटेर अघि बढ्न सके नेपाली कांग्रेस पुनः जनताको आशा र भरोसाको बलियो आधार बन्न सक्ने उनको विश्वास छ।
मन्सूरले लोकतन्त्रको रक्षा, संविधानको सुदृढीकरण, सामाजिक न्याय, समानता, समावेशिता तथा आर्थिक समृद्धिका पक्षमा नवनिर्वाचित नेतृत्वले ऐतिहासिक भूमिका निर्वाह गर्ने अपेक्षासमेत व्यक्त गरेका छन्।
‘नेतृत्वको वास्तविक सफलता पद प्राप्तिमा होइन, जनताको विश्वास जित्न र देशको भविष्य बदल्न सक्ने सामर्थ्यमा हुन्छ,’ मन्सूरले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
गगन थापाको नेतृत्वमा पार्टीलाई थप सुदृढ र जनउत्तरदायी बनाउँदै परिवर्तनको संवाहकका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले नयाँ कार्यसमितिको कार्यकाल पार्टीको गौरव, लोकतन्त्रको सुदृढीकरण र समृद्ध नेपालको निर्माणका लागि ऐतिहासिक एवं उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका छन्।
मन्सूरको शुभकामना सन्देशले कांग्रेसको नयाँ नेतृत्वप्रति सकारात्मक अपेक्षा राख्दै अनुभवी नेतृत्वको योगदान र युवा पुस्ताको ऊर्जालाई समेटेर पार्टीलाई अघि बढाउनुपर्ने सन्देश दिएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर