साजिर मन्सूर
बारा,असोज ३१
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित मेघा शाहीलाई बारामा नेता तथा कार्यकर्ताहरूले भव्य स्वागत गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्। शाहीको स्वागतमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वडा नं. १६ का सभापति रमेश घिमिरेको व्यवस्थापनमा तथा वडा नं. १५ का सभापति ओमराज पाण्डेको अध्यक्षतामा आयोजित स्वागत तथा बधाई कार्यक्रममा शाहीलाई फूलमाला र शुभकामनासहित स्वागत गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस बारा क्षेत्र नं. ४ का क्षेत्रीय सभापति लुकेश सिंह,प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार प्रीयन्का दास,जी.सी., नगर सभापति रमेश पन्डित, वडा नं. १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, स्थानीय अग्रज नेता, पार्टीका विभिन्न तहका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वक्ताहरूले केन्द्रीय सदस्यमा निर्वाचित शाहीलाई बधाई दिँदै उनको सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरे। पार्टीको केन्द्रीय नेतृत्वमा उनको उपस्थितिले संगठनलाई थप गतिशील बनाउन, नयाँ पुस्ताको सहभागिता बढाउन तथा जनताका समस्या र अपेक्षालाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने विश्वास उनीहरूले व्यक्त गरे।
नेपाली कांग्रेसको संगठन सुदृढीकरण, जनताको हकहितको संरक्षण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा शाहीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा पनि सहभागीहरूले गरेका थिए।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बारामा गरिएको स्वागतले शाहीप्रति स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साह र अपेक्षालाई प्रतिबिम्बित गरेको छ। कार्यक्रमले पार्टीभित्र आपसी एकता, सहकार्य र संगठनात्मक सक्रियता अभिवृद्धि गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गरिएको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर