२ कात्तिक, काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित बसपार्कबाट ७२ हजार ८० क्याप्सुल प्रतिबन्धित लागूऔषध ट्रामाडोलसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

आइतबार बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङको टोलीले चेकजाँचका क्रममा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३ का २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगन्ज महानगरपालिका–१७ का २७ वर्षीय सुनिल सहनी रहेका छन्। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर