५ कार्तिक, बारा। मधेस प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री महम्मद समिरलाई कलैया उपमहानगरपालिका–५ बरेवास्थित श्री दुर्गा पूजा समितिले सम्मान गरेको छ।

बुधबार आयोजित एक विशेष कार्यक्रमका बिच दुर्गा पूजा समितिका अध्यक्ष मोतिलाल जैसवालले निवर्तमान मन्त्री समिरलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुभएको हो।

कलैया–५ बरेवामा रहेको दुई सय ६ वर्ष पुरानो ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दुर्गा मन्दिर लामो समयदेखि जीर्ण अवस्थामा रहेको छ। उक्त मन्दिरको पुनर्निर्माण तथा संरक्षणका लागि निवर्तमान मन्त्री समिरले डेढ करोड रुपैयाँको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गराउनुका साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिनुभएको थियो।

सोही योगदानको कदर गर्दै वडा कार्यालय र स्थानीयवासीका तर्फबाट उहाँलाई आभार प्रकट गर्दै सम्मान गरिएको पूजा समितिले जनाएको छ।

कार्यक्रममा कलैया उपमहानगरपालिका–५ का वडा अध्यक्ष रामकिशुन यादव र पूजा समितिका अध्यक्ष मोतिलाल जैसवालले मन्दिरको पुनर्निर्माणले स्थानीय धार्मिक सम्पदाको जगेर्ना हुनुका साथै धार्मिक पर्यटनमा समेत टेवा पुग्ने बताउँदै निवर्तमान मन्त्री समिरलाई विशेष धन्यवाद दिनुभयो।

उक्त कार्यक्रममा स्थानीय समाजसेवी सुरेश मोदकलगायत वडाका बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर