साजिर मन्सूर
कलैया,मङ्सिर ३०
नेपाल ब्युटिसिय संघ बाराको समन्वयमा एक दिने प्रेफेसनल माईक्रो एडभान्स सेमिनार सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित ए आर के रेस्ट्रो एन्ड लज मा कार्यक्रम सम्पन्न भएको हो । आजको युगमा माग अनुसारको एडभान्स प्रबिधी द्वारा सौन्दर्य कार्य गर्न सेमिनारले सहयोग गर्ने नेपाल ब्युटिसियन संघ बाराकी अध्यक्ष शोभा सरार्फले बताईन । सरार्फले आफू एक कार्यक्रममा सहभागी हुन काठमान्डौ गएका बेला कम्पनिको प्रशिक्षक संग आग्रह गरेर बाराका साथिहरुलाई पनि तालिम गराउन आग्रह गरेपछी कम्पनिले यो सेमिनार को आयोजना गरेको बताईन ।

छिमेकी देशहरूबाट आयात हुने कस्मेटिक सामाग्रीहरूलाई थोरै मात्र कम गराउन सकियो भने पनि नेपाली श्रम र पुँजी पलायन रोक्न सकिने संघ बाराकी अध्यक्ष सरार्फले बताईन । नेपाली कच्चा पदार्थको प्रयोग गरेर नेपालमै सामाग्री उत्पादन गरी बजारमा लैजान सक्नुपर्नेमा सरार्फले जोड दिईन ।
सेमिनारमा काठमाडौ को मुख्य प्रशिक्षक सृजना थापाले प्रशिक्षण दिएको संघ बाराको अध्यक्ष शोभा सरार्फले जानकारि गराईन । प्रशिक्षक थापाले सरल तरिकाले ग्राहकलाई बुझाउनुपर्ने बताईन । उक्त अवसरमा थापाले ब्यापार हाम्रो ब्यवहारले चल्ने भएको बताईन । थापाले कस्मेटिकलाई लगाउन नजानिए अनुहार नै बिग्रेको उदाहरण रहेकाले ध्यान दिनुपर्ने बताईन । घडिको सुई घुमेझै अनुहारको सेलहरु घुम्ने भएकाले समय अनुसार कस्मेटिकको प्रयोग गर्नुपर्ने बताई । एक दिने सेमिनारमा हेयर स्टेट विथ स्मुथली टृटमेन्ट, फाईफ लेयर फेसियल ट्रीटमेन्ट,बालायाज हेयर कलर टेक्निक र स्किन हेयर थेरापी का बारेमा बाराका प्रोफेस्शनल ३० जना ब्युटिसियनहरुलाई सहभागी गराइएको नेपाल ब्युटिसियन संघ बाराकी अध्यक्ष सरार्फले जानकारी गराईन ।
सेमिनारमा सहभागी भएकी कलैयाकी ममता दासले सेमिनार बाट आफुलाई नया जोस थपिएको तथा नया सिकाईले काममा अत्यन्तै सहज हुने बताईन । यस्तै सिमराकी शाबित्रा भट्टले अहिलेको माग अनुसारको कुरो सेमिनार बाट सिक्न पाउँदा ब्युटिसियन संघ र आयोजकलाई हार्दिक धन्यवाद ब्यक्त गरिन ।
नेपालकै न्यु लुक ब्युटी फर लाईफ एन्ड लभ वार्मथ कम्पनीले सो सेमिनार आयोजना गरेको हो ।







