साजिर मन्सूर
कलैया,पुष ११

जिल्ला प्रहरी कार्यालय बाराले अबैध भन्सार छलिका मोबाइल सहित एक जनालाई पक्राउ गरेको छ । साझ ४ बजेको समयमा अबैध रूपमा भन्सार छली गरी लिएर आएका मोबाईलहरू लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिई गएको प्रहरी टोलीले जिल्ला बारा बारागढी गाउँपालिका वडा नं. ३ खोपवा टोल स्थित रूपन भन्ने रूपनारायण चौधरीको घरमा रितपुर्वक खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान मोबाईल सेटहरू, ४८ थान चार्जर, ब्याट्री ९ थान र मोबाईल कभर १४ थान गरी जम्मा अं. मुल्य १५,००,०००।- (पन्ध्र लाख) बराबरको मोबाईल सहित समानहरू बरामद गरेको हो । निज रूपनारायण चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराको निमित्त सुचना अधिकारी प्र.नि. बिरेन्द्र राज गुरूङले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर