साजिर मन्सूर
कलैया,पुष १३
बाराको सबै भन्दा धनी बिधालयको रुपमा रहेको श्री सिदेस्वर संस्कृत माबी कलैया ३ भवानिपुरको बिधालय ब्यवस्थापन समितिको चयन गर्न बसेको अभिभावक भेलाले चार जना अभिभावक चयन गरेको छ । चौतर्फि चासोका बिच आज भएको भेलाले ४ जना अभिभावकलाई चयन गरेको कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उप सचिव प्रल्हाद बर्णवाले जान्कारी गराएका छन । चयन हुने अभिभावकहरुमा धुरूप साह कानु,भदै राम,मुन्नी भण्डारी र रिना देवी राम रहेका बर्णवालले जनाए ।
आउने आईतवार यो चार सदस्य र एक जना वडा अध्यक्ष मिलेर शिक्षा प्रेमी,समाजसेवी,चन्दादाता मध्ये २ जनालाई चयन गर्ने र ती मध्ये एक जना सर्वसम्मत अध्यक्ष हुने बर्णवालले बिश्वास एफएमलाई जानकारी गराएका छन । स्मरण रहोस जिल्लाको सदरमुकाममा भएको जिल्लाकै सबैभन्दा बढी धनी बिधालय भएपनि हाल सम्म गोप्य रुपमा समिती चयन गरिदै आएकोले हाल्सम्म यसको सोचे अनुसारको बिकास हुन सकेको छैन । १३७ बिघा जग्गा रहेको यो बिधालय केवल पकाई खाने भाडोको रुपमा रहदै आएको र जो अध्यक्ष आए केवल आफ्नो स्वार्थ मात्र पूरा गरेको स्थानिय समाजसेवी राजेश जैस्वारले बताए ।
अहिले शिक्षा प्रेमिबाट थुप्रै आकान्छी रहेको जसमा बिनोद पाल,भरत साह,मुनिन्द्र शर्मा,सुमन ढुंगाना लगायतको चर्चा रहेपनी बढी सम्भावना बिनोद पाल र भरत साहको देखिएको समाजसेवी राजेश गुप्ताले बताए । 







