प्रीयन्का दास
कलैया,पुष १७

ग्लोबल आइएमई बैंक लिमिटेड कलैया शाखाले १७ औ बार्षिकोत्सव मनाएको छ । बैंक रोडमा रहेको शाखाले आज बैंक मा आउने पहिलो ग्राहक र बढी जम्मा कर्तालाई आईएमैइ बैंकको छाप अङ्कित कप हस्तान्तरण गरिएको शाखा कलैयाका प्रवन्धक अन्शु बर्माले जानकारी गराएका छन ।

ग्लोबल आईएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड आपसमा मर्ज भई एकीकृत कारोबार सुरु गर्दै आएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु हुँदै आएको हो ।

मर्जरपछिको ग्लोबल आइएमई बैंकको तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय र ४० लाखभन्दा बढी ग्राहक पुगेका छन् । यस्ता अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक भएको दाबी गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार