साजिर मन्सूर
कलैया,पुस १९
बारा जिल्लाको सदरमुकाम मा रहेको कलैया उपमहानगरपालिकाको १२ औ नगर सभा शुरु भएको छ । सभा होटेल करण राज प्यालेसमा शुरु भएको छ ।
सभामा नीति कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै प्रमुख प्रशासकिय अधिकृत उप सचिव नाथु साहले यो नगर सभा हिउदे नगर सभा भएको जानकारी गराए । यस्तै प्रमुख प्रशासकिय साहले यो सभाबाट बिभिन्न एन कानुन बनाउने,नगर प्रहरी संचालन तथा ब्यवस्थापन एन २०८० स्वीकृत गर्ने,आर्थिक कार्यबिधी तथा बितिय उतरदायीत्व एन,पहिला बनेका नीति कार्यक्रम सफल सन्चालन भए नभएको अर्धबार्षिक समिक्षा गरि कार्यान्वयन मा जोड दिने बताए ।
नगर प्रमुख बिनोद साहले कलैयाको बिकासकालागी कसैको प्रभाव वा दबाबमा कलैया सरकार पछि नहट्ने बताउदै यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका छन । दिउदे अधिवेशन भनेको केही योजनाहरु परिवर्तन गर्ने र खासमा एन कानुन ल्याउने भएकोले यसमा सबै नगर सभा सदस्य सचेत रहेको बताएका छन । कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको बताएका छन । सो अवसरमा नगर प्रमुख बिनोद साहले बिरगंजमा रहेको मानव सेवा आश्रमका टुहुराहरुका लागि नगद रु. १ लाख १ हजारको चेक प्रकाश थारुलाई हस्तान्तरण गरेका थिए ।
यस्तै नगर सभा सदस्य हिरामती आर्याले यस अगाडि आफुले सम्पुर्ण नगर बासिको लागि आवाज उठाएको तर केही ब्यक्तिले त्यसलाई गलत प्रचार गरेर स्वार्थका लागि बोलेको बताउदै त्यसको प्रतिरोध गरिन । उनले सबै जना नमिले समग्र बिकास नहुने बताउदै ईमान्दार भएर अगाडि बढ्न आग्रह गरिन ।
नगर सभा सदस्य शशी दासले सुभकामना दिदै सबैले आ आफ्नो उतदायीत्व पूरा गर्नुपर्ने बताए । जनताले केवल भत्ता र सुबिधा खान नपठाएको भन्दै ईमान्दारिका साथ आ आफ्नो कर्तब्य निर्वाह गर्नुपर्ने दासले बताए । केवल बजेट लिन चाहेकाले मत भिन्नता भएर सोचे अनुरुपको प्रतिफल आउन नसकेको दासले बताएका छन । मनवत मटिअर्वा सडक हाम्रो अनुहार हो र यो नबन्दा सम्म हाम्रो बिकास अधुरो रहने दासले बताए ।
नगर सभाको सन्चालन जिन्सी शाखा प्रमुख नरोतम अधिकारीले गरेका थिए ।