साजिर मन्सूर
कलैया,पुष २६
बारा सदरमुकाम कलैया उपमहानगरपालिकामा बाल बिवाह बिरुद्ध कार्ययोजना निर्माण अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बालमैत्री नगर अभियान अन्तरगत उपमहानगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा अन्तरगत सो कार्यक्रम सम्पन्न भएको हो ।
बाल बिवाह मधेशको प्रमुख चुनौती रहेको र यसलाई सबैले अभियानकै रुपमा अगाडी सारी निर्मुल पार्नुपर्ने कलैया उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका अध्यक्ष समेत रहेका बिनोद साहले बताए । मेयर साहले बाल बिवाह गर्दा पछि दम्पतिले विभिन्न किसिमको समस्या झेल्नुपरेको तितो सत्य लाई कसैले नकार्न नसक्ने बताएका छन । कलैया उपमहानगरपालिकालाई बालबिवाह मुक्त बनाउने अभियानमा आफुहरु लागिपरेको समेत मेयर साहले बताएका छन ।
साहले बाल बिवाह रोक्न बिवाहका लागि वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने ब्यवस्था गर्न आफुनिर सल्लाह आएपनी त्यसमा अहिले सहमती बनिनसकेको बताउदै त्यसकिसिमले समेत अगाडी बढ्न सकिने बताएका छन । सबै धर्मका धर्मगुरु हरुलाई बोलाएर समेत आफुले यस बिषयमा गम्भीर हुन लगाउने मेयर साहले जनाएका छन ।
प्रमुख प्रशासकिय अधिकृत नाथु साहले कानुन अनुसार जन्म दर्ता गर्न कुनै समस्या नभएको बताए । पन्जिकरण बिभागका अनुसार समेत सहज रुपमा जन्म दर्ता हुने गरेको साहले जनाए । कलैयामा बाल बिवाह रोक्न अब महत्वपूर्ण कदम चालिने प्रमुख प्रशासकिय अधिकृत साहले बताए ।
मधेसमा ३५ प्रतिशत छोराहरु र ४२ प्रतिशत छोरीहरुको बाल बिवाह हुने गरेको रास्ट्रीय जनगणनाले देखाएको युनिसेफका कामदेव खनालले जनाए । खनालले कलैयामा धेरैले समयमा जन्मदर्ता गराउने काममा कन्जुस्याइँ गरेको आफुले पाएको बताएका छन ।
सो अवसरमा सुरेश बिडारीले बालबिवाह का बारेमा प्रस्तुति गरेका थिए । बिडारिले बाल बिवाह गर्दा शारीरिक,समाजिक,ब्यक्तिगत र मान्सिक समस्या देखिने बताए । बिना मन्जुरीको बिवाह गर्न नपाईने कानुनी प्रावधान भएको बताए । बाल बिवाह गर्दा ३ बर्ष कैद र ३ हजार सम्म जरिवाना हुने कानुन भएको बिडारीले बताए ।
नगर उप प्रमुख रौशन प्रविण,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,शिक्षा शाखा प्रमुख प्रल्हाद बर्णवाल,जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी निरीक्षक बिमला कठायत,सुचना प्रबिधि अधिकृत सुरेश यादव,स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख नेहा केशरी,पन्जिकरण शाखा प्रमुख तपसी चौरसिया,महमद खैरुद्दिन मौलाना,बाताबरण साखा प्रमुख अनिल पाण्डे,वडा अध्यक्षहरु,पन्डित पुरोहित एवम मौलानाहरु,वडा सचिवहरु,प्रधानाध्यापकहरु लगायतकाको उपस्थिति रहेको थियो ।
युनिसेफको सहकार्यमा भएको छलफल कार्यक्रमको आयोजना कलैया उपमहानगरपालिकाले गरेको हो ।