साजिर मन्सूर
कलैया,माघ ७
नेपाली काङ्ग्रेसका युवा नेता अख्तर मन्सूरको असामहिक निधन भएको छ । गएको माघ ३ गते बिहान रक्तचाप उच्च भएर अटेक आएपछि उनलाई बिरगंज स्थित नेशनल मेडिकल कलेजमा उपचाररत थिए । हिजो बेलका काठमाडौ थप उपचारका लागि लग्दै गर्दा बाटोमै उनको निधन भएको उन्का छोरी ज्वाइँ कलैया उपमहानगरपालिका वडा नम्बर ३ का पुर्व अध्यक्ष जलावदिन मन्सूरले जानकारी गराए ।
रहमत अलि मन्सूर र नजिबन धुनियाईनको ६ जना छोरा र ३ छोरीमा उनी सब भन्दा जेठो सन्तान थिए । उनका बुवा रहमत अलि नेपाल कम्युनिस्ट पार्टी संयुक्त बाट सम्बिधान सभा सदस्य पदमा निर्वाचन समेत लडेका थिए । बुवा कम्युनिस्ट बिचार धाराको भएपनी अख्तर मन्सूर काङ्ग्रेसबाट प्रभावित भैइ काङ्ग्रेसमा लाग्दा उनी पछिका सबै सदस्य काङ्ग्रेस हुन पुगेको उन्का कान्छा भाइ अफजल हुसेन मन्सूर ( बाचा) ले बताए ।

कलैया उपमहानगरपालिका वडा नम्बर ३ निवासी काङ्ग्रेसका नेता अख्तर मन्सूर अत्यन्तै ईमान्दार, जुझारु,कर्तब्यनिस्ट युवा नेताका रुपमा उनी चर्चित हुन । उनी २०६४ सालमा काङ्ग्रेसका सह महामन्त्री फर्मुल्लाह मन्सूर बाताबरण बिज्ञान तथा प्रबिधि मन्त्री हुदा उनी स्वकिय सचिव थिए । त्यसपछि उनी जिल्ला आपूर्ति समितिको सदस्य समेत भएका थिए ।
तरुण दल कलैयाको पुर्व नगर अध्यक्ष समेत रहेका उनी विभिन्न समयमा भएको आन्दोलनमा उनी सुरक्षाकर्मिबाट अत्यन्तै पिटाई खाएका थिए । २०६२/०६३को आन्दोलनमा उनि अत्यन्तै शास्ती खेपेका थिए । २०४२ सालको बिद्यार्थी आन्दोलमा सत्याग्रहमा उनी २ महिना भन्दा बढी जेल बसेका थिए । कलैयाको अधुरो मान्वत मटिअर्वा सडकलाई बनाउन निरन्तर आन्दोलन गर्दै आएका उनी सडक बनेको देख्न चाहेको बताउदै आएका थिए । बर्तमान काङ्ग्रेस बाराको छेतृय प्रतिनिधि हुन मन्सूर । मन्सूरको निधनले काङ्ग्रेसलाई अत्यन्तै ठूलो छती पुगेको काङ्ग्रेस मधेस प्रदेशका उप सभापति चन्द्रशेखर यादवले बताए ।
मन्सूरको दुई छोरा र तीन छोरी रहेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर