महागढिमाई नगरपालिका प्रशासनिक भवनको संघीय अर्थ मन्त्री डा. महत द्वारा उदघाट
साजिर मन्सूर
कलैया,माघ ८
महागढिमाई नगरपालिकाको प्रशासनिक भवनको संघीय अर्थ मन्त्री डा.प्रकाश शरण महत द्वारा उदघाटन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहेका नेपाल सरकारका अर्थ मन्त्री डा.प्रकाश शरण महतले उक्त अवसरमा बोल्दै राम साझा धरोहर भएको बताए । डा.महतले कम लागतमा बनेको भब्य भवनकान्लागी धन्यवाद दिदै जनतालाई त्यतिकै सहजताका साथ सेवा दिन भने । बारा अन्न्को भन्डार भएको भन्दै यसले नेपालको भोको पेट भर्ने गरेको बताए । किसानको जीवन स्तर उकास्न गण्डक नहर र कोशी मरिन डाईभर्शन को काम गरेर यताको खेतको तिर्खा मेट्न सकिने गरि काम गर्ने बताए । निजगढ काठमाडौ फास्ट ट्राक छिटो सम्पन्न गर्न पनि लागिपरेको बताएका छन । अन्तरास्ट्रिय विमान स्थलको पनि पुर्ण प्रतिबद्धता का साथ बनाउन लागिपरेको डा. महतले बताए । डा. महतले आज बाराको तिनै नाका भन्सार को डाईरेक्टर सङ्गै अनुगमन गरेको र छिटै भारतिय समकक्षी सङ्ग मिलेर भन्सार खोल्न लगाउने महत्वका साथ प्रक्रिया अगाडि बढाउन लाग्ने बताएका छन । देशलाई समस्या परेको बेला जोगाउने नै काङ्ग्रेस हो भन्दै आर्थिक सन्कटको बेला आफू अर्थ मन्त्री डा महतले
बेथितिको चाङ्ग लागेको बताए । बिस्तारै अर्थ तन्त्र लयमा फर्किन लागेको बताए ।
यस अघि दिनेले पनि गल्ती गर्यो लिनेले पनि नसोची बढी लिदा यो समस्या आईपरेको बताए ।
शेयर बजार बिस्तारै माथी चढेको छ कतिपय आर्थिक ब्यवस्थापनमा समस्या छ । केंद्रले अब स साना योजना को काम नगर्ने ३ करोड माथिको केंद्रले १ करोड भन्दा माथि प्रदेसले काम गर्ने गरि योजना ल्याउने डा. महतले जनाए । लोकतन्त्रको खिलाफमा दुस्प्रचार भैरहेको बताए आधा जनसंख्या खाली खुट्टा हिड्थ्यो अनि यसको बिरोध गर्नु लज्जास्पद हो । हिजो अलि बोल्यो कि जेल जाने भैन्थ्यो आज बोल्न पाका छौ । बाटो बनाउनु भन्दा हाल मोआब्जा खर्च बढी भएको बताउदै धेरै बिकास कार्य अघि बढ्न नसकेको उनले बताए । केंद्र सरकार साधन श्रोतले भ्याए सम्म महागढिमाई नगरपालिकालाई सहयोग गर्ने संघीय अर्थ मन्त्री डा. महतले जनाए ।
महागढिमाई नगरपालिका का मेयर उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस नेताहरु,सम्पुर्ण नगर सभा सदस्य,कर्मचारी स्थानियहरुको उपस्थिति थियो ।
स्वागत मन्तव्य दिदै निमित प्रमुख प्रशासकिय अधिकृत डा.बिजय कुश्वाहाले भवन २ बिगाहा छेत्रफलमा बनेको
३० वटा कोठा,२ वटा सभा हल,६ सौचालय रहेको जनाए ।
३ करोड ९५ लाखको लागतमा भवन शारदा चौधरी ज्वाईन्ट भेन्चर ले बनाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत कुश्वाहाले जनाए ।







