राजनितीमा आराम हराम हो – उपाध्यक्ष ममता महतो थार

साजिर मन्सूर

बर्दिबास,माघ १३

राजनितीमा आराम हराम भएको पटेर्वा सुगौली गाउपालिकाको उपाध्यक्ष तथा काङ्ग्रेस मधेस प्रदेश समिती सदस्य युवा नेतृ ममता महतो थारुले बताएकी छन । अन्तर पुस्ता महिलाबादी मंच को बर्दिबासमा भएको कार्यक्रममा महतोले बताएकी हुन । राजनितीमा समय,पैसाको ब्यवस्थापन गर्न सक्नुपर्ने बताईन । आर्थिक रुपमा हालको समयमा बलियो हुन नसके राजनितीमा अत्यन्तै गाह्रो भएको तितो अनुभव बताईन । दोश्रो कार्यकालको लागि पनि निर्वाचित उपाध्यक्ष महतो महिलालाई आत्म निर्भर बन्न सक्नुपर्ने बताईन ।

महिलालाई राजनितिमा अगाडी आउन परिवारको भुमिका ठूलो भएको बताईन ।

मधेसमा टोल स्तरमा अन्तर पुस्ता महिलाबादी मन्चको बिस्तार गर्न सके महिलाको हरेक तथ्यांक लाई सकारात्मकता तिर बढाउन सकिन्छ । उपाध्यक्षहरुको सन्जाल पर्सामा गठन गरेकी नेतृ थारुले महिलाको लागि अत्यन्तै चुनौती भएपनि अवसर पनि त्यतिकै भएकोले सकारात्मक गर्न तर्फ अगाडि बढ्नुपर्नेमा जोड दिइन । राजनीतिमा पनि अगाडी आउन जिल्ला देखि केंद्र सम्म सबै सङ्ग पहुँच बढाउनु पर्छ । राम्रो सङ्ग बोल्ने शैली पनि राजनितीमा महत्वपूर्ण भएको बताईन । महिला हरेक तहमा राम्रो गरेको अनुभवलाई सङ्गाल्दै राज्यको निर्माणमा महिलालाई नेतृत्व दिनै पर्ने बताईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर