साजिर मन्सूर
कलैया,फाल्गुन १७

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाईपास रोडमा रहेको गोपाल सेवा समितिको भवन सङ्गै टासेको ६.५ कठ्ठा जग्गामा ५ करोड लगानीमा बन्न लागेको अत्याधुनिक पार्टी प्यालेशको विधि अनुसार भुमी पुजन गरिएको छ । प्रतिष्ठित ब्यवसायी एवम समाजसेवी भरत प्रसाद साह कलवार र स्वर्गीय बिना देबिको छोरा आनन्द साह कलवारले निर्माण गर्न लागेको सो पार्टी प्यालेस अत्यन्तै पायक पर्ने स्थानमा र सुबिधा सम्पन्न रुपमा निर्माण हुन लागेकोले आफू अत्यन्तै खुशी भएको नेपाल ट्रेड युनियन काङ्ग्रेस बाराका अध्यक्ष बिश्वमणी शर्माले बताएका छन । कलैया प्रादेशिक अस्पताल नजिकै,बाईपास रोड टासेकै र वडा कार्यालय सङ्ग नजिक यो स्थान अत्यन्तै उपयुक्त भएको वहाले बताए ।
शर्माले यो प्यालेशले उपमहानगरपालिकाको परिचयलाई थप उच्च बनाउन र नगरको व्यवसायीक श्रीवृद्धिका लागि भुमिका खेल्नेमा आफु विश्वस्थ रहेको बताउँदै प्यालेसको व्यवसायीक सफलताको कामना गरेका छन ।
प्यालेसका संचालक आनन्द साह कलवारले प्यालेसमा सुविधासम्पन्न मुख्य हल रहने र विवाह, ब्रतबन्ध, पास्नी, सांगितिक कार्यक्रम, गोष्टि तथा सेमिनार, व्यवसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रम गर्न सकिने बताए ।
उनले प्यालेस परिसरमा आकर्षक स्टेज, फोटो तथा भिडियो सुटको व्यवस्था, अत्याधुनिक म्युजिक सिस्टम, व्यवसायिक इभेन्ट म्यानेजमेन्टलगायत थुप्रै सुविधा रहने र पार्किङका लागि यथेष्ट व्यवस्था राखिने जानकारी दिए । कलवारले पार्टी प्यासले स्थानीय स्तरमा युवाहरुको लागि रोजगारीको अवसर पनि सृजना गर्ने विश्वाव व्यक्त गरे । उनले पार्टी प्यालेस मार्फत पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा रहेको बताए ।
सन्चालक कलवारका कान्छा भाइ अनित गुप्ताले पार्टी प्यालेस छेउकै जग्गामा आकर्षक प्लटिङ्ग गरिएका आकर्षक घडेरिहरु सस्तो भाउमा बिक्रीवितरण गरिरहेको बताउदै अब थोरै मात्र जग्गा बाकी रहेको जानकारी गराएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार