साजिर मन्सूर
कलैया,फाल्गुन २१
लैङ्िगक समावेशितालाई प्रेरित गरौ भन्ने नारा सहित ११४ औ अन्तरास्ट्रिय महिला दिवस बारामा भब्यताका साथ मनाउन सरोकारवालाहरुको बैठक सम्पन्न भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । फाल्गुन २५ गते परेको अन्तरास्ट्रिय महिला दिवसको अवसरमा बारामा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने बिषयमा बृहत छलफल गरिएको छ । समाजमा बिधमान विभिन्न समाजिक कुरितिहरुलाई हटाउन समेत महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिइएको हो । 
जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको प्रमुख प्रहरी निरीक्षक बिमला कठायतले आफुले पिडितको सवालका लागि पुर्ण कटिबद्ध भएर लागेको बताईन । बारामा महिला बालबालिका तथा ज्येष्ठ नागरिकका न्यायका लागि कुनै किसिमको अहिले समाजमा महिला पिडित जस्तै पिडक पनि महिला रहेकोले अनुसन्धान गरेर वास्तविक पिडक र पिडित छुट्याएर न्याय सम्पादन गर्ने गरिरहेको बताईन ।
फाल्गुन २५ गते मनाईने अन्तरास्ट्रिय महिला दिवसका लागि बिहान ८ बजे अधिकारकर्मी र सरोकारवाला सङ्गको र्याली गर्ने निर्णय भएको छ । २३ गते बिहान ९ बजे महिला शक्ति प्रदर्सन,११ बजे देखि हिंसामा परेका महिला अधिकारका बिषयमा अन्तरक्रिया,२४ गते जनजागरण युवा क्लबले महागढिमाई नगरपालिकाको वडा नम्बर १ को नमुना माबिमा
हिंसा पिडित तथा हिंसाकाे जाेखिममा रहेकाहरुलाई अधिकार प्राप्तिका लागि कानुनी प्रकृया बारे सचेतना कार्यक्रम गर्ने निर्णय गरिएको छ ।
कठायतको अध्यक्षतामा बसेको कार्यक्रममा असइ अमृत प्रसाद यादव,महिला अधिकारकर्मीहरु सरस्वती खरेल,कलावती पास्वान,नेहा केशरी,बबिता जयस्वाल,आरती चौधरी,शोभा सरार्फ,किशमती राम,शिला जयस्वाल,पुर्णिमा श्रेष्ठ,लक्ष्मी खरेल,गोदावरी कुमारी साह,बन्दना सिंह,गौरी ढकाल,मन्जु सुबेदी लगायतकाको उपस्थिति रहेको थियो ।







