साजिर मन्सूर
कलैया,फाल्गुन २३

बाराको सदरमुकाम कलैयामा ११४ औ अन्तरास्ट्रिय महिला दिवसका अवसरमा बृहत र्याली निकालिएको छ । लैङ्िगक समावेशितालाई प्रेरित गरौ भन्ने नारा सहित विभिन्न प्ले कार्ड सहित जिल्ला प्रहरी कार्यालय प्राङ्गणबाट निस्केको र्याली कलैया बजारको परिक्रमा गरि जिल्ला समन्वय समितिको प्राङ्गणमा गएर समापन भएको थियो ।
समाजिक संस्था जिल्ला समन्वय समितिको कार्यक्रम सम्योजक सरस्वती खरेलको अध्यक्षता तथा जिल्ला समन्वय समिती बाराको उप प्रमुख चन्डिका उप्रेतीको प्रमुख आतिथ्यमा भएको र्याली पस्चातको कोण सभा कार्यक्रममा असइ अमृत प्रसाद यादव,महिला अधिकारकर्मीहरु सरस्वती खरेल,कलावती पास्वान,नेहा केशरी,बबिता जयस्वाल,आरती चौधरी,शोभा सरार्फ,किशमती राम,शिला जयस्वाल,पुर्णिमा श्रेष्ठ,लक्ष्मी खरेल,गोदावरी कुमारी साह,बन्दना सिंह,गौरी ढकाल,मन्जु सुबेदी लगायत विभिन्न सन्स्थाका सहयोगी एवम रामराजा बहुमुखी क्यामपसको छात्राहरुसहित हजारौको संख्यामा उपस्थिति रहेको थियो ।
र्याली ब्यानरमा देखिएका समस्त संघसंगठनको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।

आजै जिल्ला समन्वय समिती बाराको सभाहलमा महिला अधिकार सुनिश्चित गरौ बिषयमा अन्तरक्रिया समेत सम्पन्न भएको छ । कलावती पास्वानको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,
मधेस प्रदेश सरकारको कानुनी सहायता अधिवक्ता पुजा कुमारी ,अधिवक्ता नागेन्द्र राउत,रामराजा क्यामप्सका अध्यक्ष जङ्गबहादुर चौरसियाको उपस्थिति रहेको थियो ।

११४ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ तर त्यो दिन महाशिवरात्री पर्व परेकाले आज कार्यक्रम मनाईएको आयोजक संस्थाका सरस्वती खरेलले जानकारी गराईन । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन रहेको छ ।

यसरी मनाउन थालियो श्रमिक महिला दिवस

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अहिले पनि कायमै छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार