साजिर मन्सूर
कलैया,चैत्र २५

कलैयामा शि लिड्स(महिला नेतृत्व कार्यक्रम)को आयोजनामा
लैङ्िगक समानता तथा समाजिक समावेशीकरण नीति तर्जुमा तथा कार्यान्वयन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ ।
कलैयाको करण राज प्यालेसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । खास गरि अहिलेको समाजमा महिलाहरुलाई कसरी राजनितीक प्रतिनिधित्व सुनिस्चित गर्न सकिन्छ र त्यसका लागि सरोकारवालाले के कसरी भुमिका खेल्न सक्छन भन्ने बिषयमा महत्वपुर्ण छलफल सहित भुमिकाका बारेमा गहन छलफल समेत गरिएको थियो ।

मान्ड्विका कार्यक्रम सम्योजक मुनिलाल बैठाले केवल भौतिक पुर्वाधारको बिकासमा मात्र साझेदारी गरि कार्यक्रम हुँदै आएपनी सफ्ट वेयरको काम नहुने हुदा महिलाको राजनितीक अधिकार बन्चित हुँदै आएको बताए । सम्विधानले सहभागिता गराएपनी अर्थपूर्ण रुपमा हुन नसकेकोमा महिलाहरु दुखित भएको बताए ।
राजनैतिक र निर्णय प्रक्रियामा महिलाको अर्थ पुर्ण सहभागीतालाई प्रवर्द्धन गर्ने,राजनितिमा महिला विरुद्ध हुने हिंसाको कमि गराउन,राजनितिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरुको प्रतिबद्धता हुनुपर्नेमा जोड दिएका थिए । जेसिलाई पालिकाको नीति कार्यक्रम मा नै समावेश गरिदा मात्र संस्थागत भएर कार्यान्वयन मा ल्याउन सकिने बताए ।लैङ्िगक समानता,अपाङ्गता,तथा समाजिक समावेशीकरण (लैसअसास) मुल प्रवाहिकरण आवस्यक तत्वहरुमा क्रमशः राजनैतिक दृढता तथा नेतृत्व,नितिगत ढाचा,सरकारी संरचना सन्यन्त्र प्रक्रिया,पर्याप्त साधन श्रोत,खण्डिकृत तथ्यांक तथा सुचना प्रणाली,विश्लेषण ग्यान तथा औजार,पर्याप्त उत्प्रेरणा,नागरिक समाजबाट माग,अनुगमन पद्धति रहेको जनाए ।

लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण विषय मूलप्रवाहीकरणमा स्थानीय तहको भूमिका के के हुन्छ ? भन्ने सवालमा बैठाले

• स्थानीय तहकी लैहिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण नीति, रणनीति तयारी गरी कार्यान्वयन गर्ने ।

• न्यायिक समितिमा रहेर लैंगिक हिंसाका मुद्धाहरुको समाधान गर्ने ।

• लैंगिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (लैसजसास का लागि संस्थागत तथा व्यक्तिगत दुवैचरी अमता विकासका क्षेत्र पहिचान गरी कार्यान्वयन गर्ने ।

स्थानीय सरकारको सेवा प्रवाह संयन्त्र तथा प्रक्रिया लैंगिक, अपाङ्गता तथा सामाजिक समावेशी मैत्री हुने गरी सुधार गर्ने।

• स्थानीय शासनसँग सम्बन्धित विभिन्न नीतिहरूको लैसअसासको दृष्टिकोणबाट पुनरावलोकन तथा विकासमा जोड दिने ।

• स्थानीय तहका महिला, अपाङ्गता, वालवालिका तथा वञ्चितिमा परेका समुदायको खण्डिकृत तथ्याङ्क संकलन एवम् विश्लेषण गर्ने

• योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कनमा महिलाहरू एवं लक्षित वर्गहरुको अर्थपूर्ण सहभागितामा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने ।

• सहभागितात्मक योजना तर्जुमा र कार्यन्वयनमा लक्षित वर्गको पनि सहभागिता गराई लैहिक उत्तरदायी बजेट (Gender Responsive Budget) विधि मार्फत नतिजामुखी योजना तनुमा गर्ने।

• कार्यक्रमको अनुगमन र मूल्याकन स्थानीय तहको कार्यक्रम एवं सस्थागत रुपमा लैष्ट्रिक उत्तरवात्रिं तथा सामाजिक समावेशी बजेट परीक्षण (Gender Responsive and Social Inclusive Budget Audit) नियमित रुपमा गर्ने ।

• सहभागितात्मक प्रक्रियाद्वारा कार्यक्रमको नतिजामुखी अनुगमन र मूल्याकन लाभान्वित वरीहरुको खण्डिकृत तथ्याक सकलन गरी प्रतिवेदन तयार गर्ने ।

सञ्चार माध्यमबाट सैष्ट्रिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण सम्वन्धी सरेशहरूको प्रचार प्रसार, प्रबर्द्धन र सरक्षण गर्ने।

• महिला एवं लक्षित वर्गहरुको क्षमता अभिवृद्धि, आय आर्जन र रोजगारी वृद्धि गर्ने ।

सो कार्यशालामा बाराका ६ पालिकाहरु महागढिमाई नगरपालिका ,कोल्बी नगरपालिका,निजगढ नगरपालिका,परवानिपुर गाउपालिका,प्रसौनी गाउपालिका र आदर्श कोत्वाल गाउपालिकाका प्रमुख तथा प्रशासकिय अधिकृतले आ आफ्नो पालिकामा जेसि नीति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा कोल्बी नगरपालिकाका मेयर रामप्रसाद चौधरी,उप मेयर लक्ष्मी कुमारी चौधरी,निजगढ नगरपालिकाको उप मेयर सोम माया थिङ्ग,महागढिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिजय कुश्वाहा,
आदर्श कोत्वाल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार,महागढिमाई नगरपालिकाका लेखा प्रमुख मनिश कलवार,महागढिमाई नगरपालिकाका वडा अध्यक्ष बिश्वनाथ कुश्वाहा,शिक्षा शाखा प्रमुख रामबिश्वास चौरसिया,जिन्सी शाखाका रुस्तम आजाद,कोल्बिका वडा अध्यक्ष जङ्गबहादुर चौधरी ,किशुन चौधरी,परवानिपुर गाउपालिकाको प्रमोद रौनियार,प्रसौनी गाउपालिका स्वास्थ शाखा प्रमुख सुरेश साह,सुचना प्रबिधी अधिकृत राजेश गोस्वामी लगायतकाको उपस्थिति रहेको थियो ।

अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसी को आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा कार्यशाला सम्पन्न भएको हो । उक्त अवसरमा जिल्लाका गरि ३० जना सरोकारवालाको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक राजु साहले जानकारी गराए ।
अन्तरक्रियाको सहजीकरण मान्ड्विका कार्यक्रम सम्योजक मुनिलाल बैठाले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर