बिश्वास सम्बाददाता
कलैया,जेष्ठ ४
प्रसौनी गाउपालिकाको नया प्रशासकिय भवन को उदघाटन गर्न बारा आएका एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले एमाले सरकारबाट हट्दा १० लाख जनता गरिब भएको बताएका छन । मेरो सरकार भएको बेला मैले १०लाख नेपाली गरिब जनतालाई गरिबिको स्तरबाट माथी उठाएको तर मलाई हटाएर सरकार बनाउदा अहिले ती १० लाख जनतालाई फेरि गरिब बनाईएको बताएका छन । आफू बारा सङ्गै मधेशको समस्या बुझ्न आएको बताएका छन । ओलिले देशको आर्थिक अवस्था कमजोर रहेको बताएका छन । पुराना रोकिएका आयोजना शुरु गरिएको,मधेशको सिचाईको समस्या दुर गर्न लागिपरेको,पुराना राजमार्ग चौडा भैरहेको,रेलमार्ग बिस्तार गरिरहेको,कृषिलाई आधुनिकताका साथ अगाडी बढाईरहेको बताएका छन । उनले नव निर्माण भएको प्रशासकिय भवनबाट जनतालाई सहज सेवा दिन आग्रह गरे ।
गाउपालिका बिनोद जयस्वालले जयस्वालले यस अघि बैशाख ३१ गते शोमबार नेकपा एमाले अध्यक्ष पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गर्ने गर्ने कार्यक्रम तय गरिए पनि अचानक स्वास्थ मा आएको खराबिले कार्यक्रम स्थगित गरिएको थियो । आफ्नो अथक प्रयासबाट जनताले सहज सेवा प्राप्त गर्न आवस्यक बाताबरण निर्माणका लागि समयमै सबै योजनाहरु सम्पन्न गराएको बताए ।
उहाँका अनुसार नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिक,मिटिङ्ग हल लगायत शाखाहरूले सेवा प्रवाह गर्नेछन् ।
प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले गाउपालिकाको पुर्ण स्वामित्वको प्रशासकिय भवन नहुदा दैनिक सेवाग्राहीहरुलाई सेवा दिन असहज हुँदै आएको बताउदै भवन निर्माण सङ्गै आफुहरुले जनताको कामलाई छिटो छरितो बनाउने बताए । उनले पहिला सेवाग्राही लाई समेत बस्ने स्थानको कमि भएका कारण असहज हुँदै आएको स्मरण गरेका छन।
संघीय सरकारको रु. ४ करोड ९० लाख ९५ हजार ४ सय ७७ बजेट रहेकोमा नागा अर्जुन आशिका जेभी बालाजु काठमाडौंले रु.३ करोड ४१ लाख ८९ हजार ५ सय ५ मा ठेक्का सकार गरि सो भवन निर्माण गरि सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहले जनाए । प्रसौनी गाउपालिका वडा नम्बर १ मा रहेको कृषि भवन को प्राङ्गणमा रहेको पोखरी लाई भरेर सो भवन निर्माण गरिएको हो । कलैया बिरगंज सडक खण्ड सङ्गै टासिएको प्रशासकिय भवन सम्पन्न भए सङ्गै गाउपालिकाका सेवाग्राहीलाई सेवा लिन आउन जान अत्यन्तै सहज हुने बिश्वास लिईएको छ ।
२०७८ साल मङ्सिर २४ गते शुक्रबार शिलान्यास भएको भवन सम्पन्न भएको हो ।