बजेट अभावका कारण पर्वतका एक सय १५ वटा खानेपानी आयोजना अधुरै रहेका छन् । ‘एक घर एक धारा’ पुर्‍याउने लक्ष्यसहित आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएका दुईवर्षे र पाँचवर्षे योजना बजेट अभावमा १५ वर्षसम्म पनि बन्न सकेका छैनन् ।

सङ्घीय र प्रदेश सरकारका दुई करोडदेखि २० करोड रुपैयाँ लागतका एक सय ३० वटा खानेपानी आयोजना छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङको पर्वत इकाइका इन्जिनियर प्रेम थापाले सात वटा पालिकामा रहेका ती आयोजना सम्पन्न गर्न अहिलेको अवस्थामा एक अर्ब ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने बताउनुभयो । तर मन्त्रालयले बर्सेनि १० प्रतिशतभन्दा बढी बजेट दिन सकेको छैन । त्यसैले कम्तीमा दुईदेखि बढीमा पाँच वर्षभित्र सम्पन्न हुनुपर्ने योजना दशाैँ वर्षसम्म पनि निर्माण नभएको थापाले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाग्लुङका प्रमुख सिनियर डिभिजनल इन्जिनियर किरण पौडेलले बर्सेनि कम्तीमा ५० करोड रुपैयाँ बजेट आवश्यक पर्नेमा चालू आर्थिक वर्षमा १८ करोड ९० लाख रुपैयाँको मात्र अख्तियारी आएको बताउनुभयो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर