प्रतिबन्धित लागुऔषधसहित मकवानपुरका दुईजना वीरगंजमा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ बर्षीय समुन्द साह र  २४ बर्षीय अमिर बानिय रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिनुभएको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी चेकिंग टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडकखण्डमा बा.प्र.०३-०२-प ९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट खैरो हिरोईन १५१ ग्राम र अफिम १५४ ग्राम फेलापछी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक थापाले जानकरी दिनुभयो   ।

पक्राउ परेका दुबैजनालाई पर्सा प्रहरीको हिरासतमा राखी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

कलैया, बारा –  प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार