साजिर मन्सूर 

कलैया,जेष्ठ २६

महागढिमाई नगरपालिका वडा नम्बर ५ स्थित श्री बौधिमाई रंगशाला बगडमपुरमा प्रथम महागढिमाई मेयर कप फुटबल प्रतियोगिताको फाईनल खेलमा एभरेस्ट एफसी सर्लाहिले कब्जा गरेको छ । आज भएको फाईनल खेलमा बारा ११ लाई १/० गोलको अन्तरले सर्लाही बिजयी भएको हो । फाईनल खेलको दोश्रो हाफमा सर्लाहिका लागि जर्सी नम्बर ५ का रोहित बम्जनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । जितसङ्गै सर्लाहिले नगद रु. १ लाख ट्रफी,मेडल,प्रमाणपत्र प्राप्त गर्यो । यता दोश्रो भएको बारा ११ ले नगद ५० हजार ट्रफी,मेडल र प्रमाणपत्रले चित बुझाउन बाध्य भयो । बिजेता उप बिजेतालाई प्रमुख अतिथी महागढिमाई नगरपालिका का मेयर उपेन्द्र यादव,काङ्ग्रेस बाराका सचिव भैयाराम यादव,वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र जयस्वाल ले पुरस्कार बितरण गरेका थिए । आजको फाईनल खेलको म्यान अफ द म्याच सर्लाहिका रोहित बम्जन चुनिए । प्रतियोगितामा बेस्ट गोल किपर सर्लाहिका अरुण ब्लोन,बेस्ट डिफेन्स बारा ११ का सन्जय चौधरि,बेस्ट मिड फिल्डर बारा ११ का अमर डन्ङोल,बेस्ट स्टाईकर सर्लाहिका समीर राई,हाई स्कोरर चितवनको शुशान्त चौधरी,बेस्ट कोच सर्लाहिका अर्जुन चौधरी घोषित भए । प्रतियोगिता भरीको उत्कृष्ट खेलाडी बारा ११ का रन्जय चौधरी घोषित भए ।

 

जेष्ठ १९ गते देखि शुरु प्रतियोगिता जेष्ठ २६ गते सम्म नक आउट चरणमा सम्पन्न भएको हो ।

प्रतियोगितामा बारा,पर्सा,रौतहट,सर्लाही,धनुषा,चितवन र मकवानपुरका विभिन्न टिम सहभागी रहेको थियो ।

 

यस अगाडी एक कार्यक्रमका बिच लिओ क्लब अफ गन्जभवानिपुरका अध्यक्ष चन्दन सरार्फको अध्यक्षता एवम प्रमुख अतिथि मेयर उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बिशिस्ट अतिथि वडा अध्यक्षहरु क्रमशः मनोज गुप्ता,बिश्वनाथ कुश्वाहा,उपेन्द्र प्रसाद जयस्वाल,मनोज जयस्वाल,गजेन्द्र प्रसाद जयस्वाल,गेनालाल प्रसाद यादव,शिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह,अरबिन्द बन्ठा कार्यपालिका सदस्यहरु जियालाल साह कानु,मनोज जयस्वाल,महेश जयस्वाल,अन्जलि पास्वान,रुपकलि देबि,शिक्षा शाखा प्रमुख राम बिश्वास चौरसिया,नगर उधोग बाणिज्य संघ महागढिमाईका अध्यक्ष रुस्तम अन्सारी,लायन्स क्लब अफ गन्जभवानिपुरका ब्यवस्थापक अमानुल्लाह अन्सारी,श्री नेरा माबी बगडमपुरका प्रधानाध्यापक सरोज पास्वान,काङ्ग्रेस नेता बैजनाथ यादव,लिओ क्लब गन्जभवानिपुरका उपाध्यक्ष राधाकृष्ण जयस्वाल, कोषाध्यक्ष श्रीयन्का गुप्ता,सचिव नौषाद देवान, सङ्गिता जयस्वाल सहित खेलप्रेमी जनसमुदायको उपस्थिति रहेको थियो ।

समापन शत्रको सन्चालन बाराका पत्रकार साजिर मन्सूरले गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर