शनि जयसवालकलैया – बाराको पचरौता नगरपालिकामा आज आईतबार एक कार्यक्रमकाबीच चार कोठे विद्यालय भवनको शिलान्यास हुनुको साथै छात्रवृत्ति वितरण समेत गरिएको छ । संघ सरकारको बिशेष अनुदानमा पचरौता नगरपालिकाको वडा नम्बर ९ मा निर्माण हुन लागेको चार कोठे भवनको अनुमानित लागत ५० लाख रहेको जनाईएको छ । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रि सरोज कुमार यादवको प्रमुख आतिथ्यता र पालिका प्रमुख जालन्धर सिंहको अध्यक्षतामा शिलान्यास भएको नगरका प्रवक्ता एवम वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले जानकारी दिनुभएको छ ।
यसैगरी शिलान्यास पछी विद्याथीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
यसैगरी शिलान्यास पछी विद्याथीहरुलाई छात्रवृत्ति समेत वितरण गरिएको छ ।
सो अवसरमा पालिकाकी उपाध्यक्ष नसिमा खातुन , एमाले जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे , उपाध्यक्ष भुलन चौधरी , सम्बिधान सभा सदस्य एवम एमाले केन्द्रिय सदस्य बलबिर चौधरी,महिला नेतृ टिना सुवेदी,प्रतिमा यादव, सुरेश यादव ,भैयाराम सहनी, एमाले जिल्ला कमिटी सदस्य पुरुशोतम साह , वडाध्यक्षहरु धेनुक राउत कुर्मी , बनारसी बिन ,गगनदेव यादव , राष्ट्रिय युवा संघ नेपाल बाराका उपसचिव रौशन यादव , शिक्षा शाखा प्रमुख पण्डित त्रिपाठी , सहायक शिक्षा प्रमुख मुकेश सिंह , कडुवा माविका प्रअ साविन्द्र सहनी लगायतको सहभागिता रहेको थियो ।







