वीरगंज –
बढ्दो गर्मीमा लामखुट्टेको प्रकोपबाट बचाउँनको लागी निजामति कर्मचारी श्रीमती संघले बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ का विपन्न गरिव महिलाहरुलाई औषधीय झुल एक/एक थान वितरण गरेका छन । निजामती कर्मचारी श्रीमती संघकी टोलीले बढ्दो गर्मीमा लामखुट्टे टोकाईबाट बच्नको लागी तत्काल आवश्यक रहेको औषधीय झुल वितरण गरेको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाउनुभयो । उनीहरुले वितरण गरेको उक्त झुलबाट लामखुट्टेको टोकाईबाट हुने रोगबाट केहि हदसम्म बच्न सकिने मेयर यादवको भनाई छ ।







