साजिर मन्सूर
कलैया,जेष्ठ २८
५ बर्ष मुनिको बालबालिकालाई प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय द्वारा स्वर्ण बिन्दु खुवाईदै छ् ।
५ वर्ष मुनिका बच्चाहरुको लागि प्रत्येक महिनाको पुष्या नक्षत्रमा स्वर्ण बिन्दु निःशुल्क सेवन गराईने भएकोले सोही अनुसार आज आ-आफनो बालबालिकाहरुलाई स्वर्ण बिन्दु सेवन गराउन थालिएको प्रादेशिक आयुर्वेद तथा चिकित्सालय कलैया बाराको प्रमुख डा.पुनिता केशरीले बताईन ।
स्वर्ण बिन्दु के हो र किन खुवाउने प्रश्नमा केशरिले
१. स्वर्ण भष्म, मह र घृतबाट बनेको (स्वर्ण बिन्दु) बच्चाहरुको लागि अमृत जस्तै आयुर्वेदिक औषधी भएको बताईन । स्वर्ण बिन्दुको सेवनले बच्चाहरुको शारीरिक र मानसिक विकास राम्रो हुन्छ । यसको सेवनले बच्चाहरुमा विभिन्न रोगहरु संग लडने क्षमताको विकास गरि रोगहरु लाग्नबाट बचाउछ,कुपोषन हुनबाट बचाउछ उनले बताईन ।
बरिस्ठ कबिराज सहदेव पन्डितले स्वर्ण बिन्दु प्रासन प्रत्येक महिनाको पुष्या नक्षत्रमा जस्तै २०८० फाल्गुन १० गते, चैत्र ६ गते,बैसाख ४ गते, २०८१ जेष्ठ १ गते खुवाईएको र आज जेष्ठ २८ गते खुवाईरहेको जनाए । उनले २०८१ अषाढ २४ गते समेत खुवाईने बताएका छन ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैया, बाराको प्राङ्गणमा अहिले संवरण बिन्दु खुवाईरहेको र यो बेलुकी ५ बजे सम्म खुवाईने पन्डितले जनाएका छन । सो अवसरमा यो समाचार तयार गर्दा सम्म २५० जना ५ बर्ष मुनिका बालबालिकाले खाएको कार्यालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय मधेस प्रदेशले पाईलट प्रोजेक्टका रुपमा सबै ८ वटै जिल्लामा यो कार्यक्रम लागू गरेको हो ।







