प्रीयन्का दास

जनकपुर,जेष्ठ ३२

सहयात्रा परियोजनाको प्रदेशस्तरीय सरोकारवालाहरुसङ्ग सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । मधेशको राजधानी जनकपुरमा भएको कार्यक्रममा शिक्षाको अधिकार सुनिश्चित गर्न शिक्षा प्रशासनलाई उत्थानशील, लैङ्गिक उत्तरदायी, जवाफदेही बनाउनुको साथै सरकारका नीति, योजना, कार्यक्रममा अति सीमान्तकृत बालबालिका तथा अपाङ्गता भएका बालबालिकाको शिक्षाको अवसर बढाउन नागरिक समाजको संलग्नता रहेको थियो । परियोजनाका कार्यक्रमहरु विद्यालय, समुदाय, पालिका तथा नागरिक समाज तह गरी चार तहमा गरिएका थिए । बारा र रौतहट जिल्लामा २० विद्यालयहरुमा चारै तहमा कार्यहरु संचालन भए भने पर्सा र सर्लाहीमा पालिका तथा नागरिक समाज तहमा हुने कार्यक्रमहरु मात्र भएको सो अवसरमा जानकारी गराईएको हो ।

 

जनजागरण युवा क्लबका अध्यक्ष भैयाराम यादवले समावेशी तथा गुणस्तरीय शिक्षा विकासमा परियोजनाको योगदानहरु निम्न लिखित रहेको जनाए ।

 

-२० ओटा विद्यालयमा समावेशी तथा गुणस्तरीय शिक्षाको विकास गरी बालिका तथा अपांगता भएका बालबालिकाहरुको भनां, टिकाउ तथा सिकाइ उपलब्धि बढेको छ । यसका साथै, परियोजनाबाट भौतिक तथा शैक्षिक सहयोगबाट सुरक्षित तथा समावेशी सिकाइ बातवारण निर्माण भइ लक्षित वर्गको सहभागिता तथा सिकाइ बद्धिमा सहयोग पुगेको छ,

 

-गुणस्तरीय शिक्षाको विकासका लागि शिक्षकको क्षमता विकासका लागि विभिन्न तालिमहरु प्रदान गरी शिक्षकको क्षमता विकासले परम्परागत शिक्षणशैली विस्थापित गरी विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ पद्दतिको विकास भएको छ,

 

-ठूली दिदीहरुको सहयोगबाट समुदायमा विद्यालय बाहिर रहेका चालबालिकाहरु पहिचान, अभिभावक सचेतना कार्यक्रम संचालन गरी समुदाय तथा विद्यालयमा ठुली दिदी मार्फत बालिकाको सिकाइ निरन्तरता तथा सिकाइ बातावरण निर्माणमा सहयोग गरेको छ । साथै परियोजनाले हरेक विद्यालयमा बालक्लव स्थापना गरी विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन गरी विद्यार्थीको प्रतिभा पहिचान तथा जीवनोपयोगी सीपहरु विकास गर्न सहयोग पुगेको छ ।

 

• बालिका शिक्षाका बाधाहरुका रुपमा रहेका हानिकारक सामाजिक मूल्य मान्यता, लैंगिक हिंसा विरुद्ध स्वयसेवक युवाहरु तथा ठुली दिदीहरुको परिचालन गरी समुदायमा विभिन्न जनचेतनामूलक तथा क्षमता विकासका कार्यकमहरु मार्फत लक्षित वर्गको शिक्षा पहुँच वृद्धि भएको तथा लैंगिक समानता कायम गर्न सफल भएको छ। शिक्षामा विभेद अन्त्य गर्न गुनासो सुनवाइ संयन्त्रको प्रभावकारी कार्यान्वयन हुनुको साथै यसलाई थप प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय तथा विद्यालय तहमा बालिका तथा समावेशी शिक्षा संजाल गठन गरी यसको प्रभावकारी रुपमा परिचालन गरिएको छ।

 

• विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा प्र.अ.को क्षमता विकास गरी समावेशी तथा उत्थानशील विद्यालय शिक्षा शासन प्रणाली स्थापना भइ जवाफदेही विद्यालय शासन प्रणाली प्रवर्धन भएको छ.

 

• स्थानीय, प्रदेश तथा सयीय तहमा समावेशी तथा उत्थानशील शिक्षा प्रणालीको विकास गर्न नागरिक समाजको क्षमता विकासको साथै परियोजनाबाट प्राविधिक सहयोग, पैरवी बहस गरिएको छ

 

शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक शिक्षा विकास निर्देशनालय प्रमुख दिलिप ठाकुर,प्रदेश तालिम केन्द्र मधेश प्रदेश बाराका प्रमुख ठूलो बाबु दाहाल,

भिएसओ नेपालका प्रमुख शिखा श्रेष्ठ,शिक्षा विकास तथा समन्वय इकाइ बारा – हेमशाज खतिवडा,रौतहट – रामविनय कुमार सिंह,जितपुर सिमरा उपमहानगरपालिकाका शिक्षा महाशाखा तथा शाखा प्रमुख शिवजी प्रसाद शाह,कलैया उपमहानगर पालिका शिक्षा अधिकृत विजय अधिकारी, नागेन्द्र मण्डल,राजेश शाह,भिएसओ नेपालका राष्ट्रिय निर्देशक जयशंकर लाल,प्रदेश समिति सदस्य – लाल बाबु हाथी ज्यू जिल्ला समन्वय समिति धनुषा – कमलेश कुमार मण्डल,प्रतिनिधि – UNOPS – आलोक ठाकुर ज्यू, प्रतिनिधि plan Internation Nepal लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

भिएसओ नेपालको सहयोगमा जनजागरण युवा क्लब बाराले परियोजना सन्चालन गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर