साजिर मन्सूर
कलैया,असार १
जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका वडा न २ खजुरिया निवासी बारा जिल्लाका सबै भन्दा जेठो क्याम्पस राम राजा (मो.बि बि शाह) बहुमुखी क्याम्पस कलैयाका चिफ तथा नेल्टा बाराका अध्यक्ष प्रोफेसर हरिभूषण कुशवाहालाई शुकबार दिउँसो भटिनिया र बतराको विचमा मोटरसाइकलमा सवार भइ घर जाने कममा अज्ञात समुह द्वारा दिनदहाडै गोली हानी गरिएको हत्या प्रति जनमत पार्टि बाराको गम्भिर ध्यानाकर्षण भएको भनी शोक बक्तब्य जारी गरिएको छ । प्रोफेसर कुशवाहाको मृत्युले बारा जिल्लाले एउटा बौधिक व्यक्तित्व तथा अभिभावक गुमाएकोले जनमत पार्टी बाराले त्यस्ता दुष्कर्म निर्मम हत्या कार्यलाई घोर निन्दा र घोरभर्त्सना गर्दछ भनिएको छ । बारा जिल्लामा बढ्दै गएको यस्ता घोर अपराधिक कृयाकलापले त्रासमय बातावरण सृजना भएको छ । हत्यारालाई अबिलम्ब छानबिन गरी दोषीलाई पकाउ गरी कडा भन्दा कडा कारवाही गर्नका लागि जनमत पार्टी बाराले सम्बन्धित निकायसँग जोडदार माग गर्दछ। साथै स्वर्गीय कुशवाहा प्रति भावपूर्ण श्रद्धञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तृप्त परिवार प्रति जनमत पाटी बाराको तर्फबाट धैर्य धारण तथा गहिरो समवेदना प्रकट गर्दछौ भनी पार्टी बाराका ईन्चार्ज शिवनाथ पटेल द्वारा हस्ताक्षरित बक्तब्यमा उल्लेख छ ।







