प्रीयन्का दास

कलैया,असार ४

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ ले वडाको १ सय घरधुरिलाई बिधुतिय चुलो तथा कराही बितरण गरेको छ ।वडा अध्यक्ष धर्मेन्द्र प्रसाद यादवले ग्यासको आयतलाई प्रतिस्थापन गर्न निःशुल्क विद्युतीय चुलो वितरण गर्न थालेको बताए ।

चालु आर्थिक वर्ष २०८०-०८१ मा वडाले १ सय बिधुतिय चुलो तथा कराही खरिद गरेको हो ।

खासगरी वडाका सबै बिद्यार्थी जो डेरामा रहेर पढिरहेका छन वा घरमा उनिहरुको सहजताका लागि यो कार्यक्रम गरेको बताउदै यसले खासगरी दिदिबहिनीलाई अध्ययनमा सहज होस भन्ने उदेश्यले बितरण गरेको यादवले जनाए । आगामी आब मा वडाको बाकी सबै घरमा बितरण गर्ने योजना रहेको यादवले जनाए ।

कलैया उपमहानगरपालिका का मेयर बिनोद साहको अध्यक्षता तथा जसपा नेता पुर्व सान्सद रामबाबु यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत नाथु साह,उधोग बाणिज्य संघ का अध्यक्ष राजकुमार साह,लाईभली हुड एक्स्पर्ट मन्जरी श्रेष्ठ,वडा सदस्यहरु सुभाश मिया अन्सारी,पार्वती देबि सबिता देबि राम,सहायक प्र अ सतार मिया,बिधालय ब्यवस्थापन समिती सदस्यहरु हलिमा खातुन,सुभास यादव,शिवजी ठाकुर,मोनिका चौधरी लगायतकाको उपस्थिति रहेको थियो ।

वडा सचिव मनोज कुमार यादवले स्वागत गरेको कार्यक्रमको सन्चालन प्रधानाध्यापक राधाकृष्ण यादवले गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर