साजिर मन्सूर
कलैया,असार ७
१० औं अन्तर्राष्ट्रिय योग दिवस अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको आयोजनामा आज शान्ति तथा सद्भावका लागि राजयोग ध्यान योगाभ्यास गराईएको छ । कलैया १ स्थित नवनिर्मित आश्रम प्राङ्गणमा सो कार्यक्रम सम्पन्न गरिएको छ । 
स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यास प्रवर्द्धन गर्ने उदेश्यले योग प्रदर्शन आयोजना गरिएको ब्रहमा कुमारी सुश्मा दिदिले बताईन ।
उक्त अवसरमा विभिन्न आसन, प्राणायाम (श्वासप्रश्वास व्यायाम) र ध्यान विधि प्रस्तुत गरिएको सो प्रदर्शनमा प्रशिक्षकले योगसत्रको शृङ्खलाका बारे जानकारी गराएका थिए ।
दिदिले शारीरिक र मानसिक स्वास्थ्यका लागि योगको समग्र दृष्टिकोणमाथि जोड दिँदै यसका फाइदाबारे जानकारी गराएकी थिइन । आयुर्वेद र योगलाई दैनिक जीवनमा समावेश गर्दा अथाह फाईदा लिन सकिने जानकारी गराईएको थियो ।
पतन्जली योग समिति बाराका अध्यक्ष सुरेश साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काङ्रेस बाराको जिल्ला सदस्य युवा नेतृ प्रीयन्का दास,जिल्ला आयुर्वेद अस्पताल कलैयाको प्रमुख पुनिता केशरी,ज्येष्ठ नागरिक समाजका अध्यक्ष भरत बहादुर मल्ल,पुर्व प्रधानाध्यापक देबेन्द्र गिरि,ब्रहम कुमारी सुनिता दिदी,गङ्गा दिदी,समाजसेवी निरन्जन अग्रवाल लगायतकाको उपस्थिति रहेको थियो ।







