साजिर मन्सूर

कलैया,असार ९

श्रमको सम्मान,रास्ट्रको अभियान नारा सहित कलैया उपमहानगरपालिकाको सभाहलमा स्थानिय तहका जनप्रतिनिधि तथा सरोकारवालाहरु बिच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय रोजगारदाताको मागको आधारमा सीप तथा क्षमता विकासका क्रियाकलाप सञ्चालन गर्नु का साथै स्थानीय स्तरमा उधमशीलता विकास तथा स्वरोजगारमूलक सेवाको विस्तार गर्नु यस कार्यक्रमको सोच रहेको रोजगार सेवा केन्द्र कलैयाका प्रमुख बिबेक कुमार गुप्ताले बताए ।

कार्यक्रमको लक्ष्यका बारे बताउदै गुप्ताले आन्तरिक रोजगारीको अवसरमा वृदधि र श्रम बजारको माग बमोजिम श्रमिकको सीप तथा क्षमता अभिबृद्धि गर्ने यस कार्यक्रमको लक्ष्य रहेको जनाएका छन ।

यस कार्यक्रमको उद्देश्य एकिकृत श्रम तथा रोजगार सेवा कार्यक्रमको बारेमा अन्तरक्रिया गरि रोजगारदाताहरु समक्ष निम्न अनुसारका बुदाहरु प्रकाश पार्नु का साथै निजहरुसंग आवश्यक समन्वय तथा सहजीकरण गरी आन्तरिक रोजगारीका अवसर सिर्जनाबारेमा छलफल गरी निषकर्ष भएका निर्णयहरु अवलम्बन गर्नु हो।

 

क) रोजगारीका अवसरका सम्बन्धमा नागरिकलाई जानकारी दिई रोजगारमा संलग्न हुन अभिप्रेरित गर्ने,

 

ख) रोजगारमूलक व्यावसायिक सीप विकासका क्रियाकलाप सञ्चालन गर्ने,

 

• ग) बेरोजगार व्यक्तिलाई रोजगार सम्बन्धी परामर्श दिने र रोजगारमा पदस्थापना गर्ने व्यवस्था मिलाउने

 

• घ) आन्तरिक रोजगार र वैदेशिक रोजगार सम्बन्धी अभिमूखिकरण, सूचना प्रवाह र प्रवर्धनात्मक क्रियाकलाप सञ्चालन गर्ने

• ड.) स्थानीय तहलाई रोजगारमूलक आयोजना वा क्रियाकलाप तर्जुमा र कार्यान्वयन गर्न सहयोग गर्ने रहेको बताए ।

 

• च) श्रम बजारको माग बमोजिम श्रमिकको सीप तथा क्षमता अभिवृद्धि गर्ने,

 

• छ) स्थानीय रोजगारदाताको मागको आधारमा सीप तथा क्षमता विकासका क्रियाकलाप सञ्चालन गर्ने,

 

• ज) स्थानीय स्तरमा उद्यमशीलता विकास तथा स्वरोजगारमूलक सेवाको विस्तार गर्ने,

 

• झ) रोजगारको खोजीमा रहेका बेरोजगार व्यक्तिहरुलाई रोजगार विनिमय सेवा प्रदान गर्ने

 

• ञ) वैदेशिक रोजगारमा जाने श्रमिकको श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिमा सहजिकरण गर्ने,

 

• ट) स्थानीय तहमा रोजगारको क्षेत्र तथा श्रमिकको आवश्यकता सम्बन्धी जानकारी दिने,

 

गुप्ताले कार्यक्रमको रणनिति देहाय अनुसार रहेको बताए ।

 

क) सार्वजनिक निमार्णमा श्रममुलक प्रविधिको प्रयोग गर्ने ।

 

ख) बजारको मागमा आधारित सीपमूलक तालिम संचालन गर्ने ।

 

ग) रोजगार सूचना तथा परामर्श सेवाको ब्यवस्था गर्ने ।

 

घ) अन्तर तहगत तथा अन्तर निकायगत समन्वय गर्ने ।

 

• ङ) सरकारी, निजी, सहकारी तथा सामुदायिक क्षेत्र बीचमा साझेदारी गर्ने ।

 

च) श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने ।

 

छ) सूचना प्रविधिमा आधारित कार्य प्रणालीको अवलम्बन गर्ने

 

सो अवसरमै गुप्ताले स्थानीय तहले हाल सम्म यस कार्यविधि बमेजिम गरेका कार्यहरु निम्न बमोजिम रहेको बताए ।

 

• बेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन गर्ने कार्य

 

• रोजगारदाताहरुको तथ्याङ्क संकलन गर्ने कार्य

 

• स्थानीय रोजगारदाताहरुको विवरणबाट संकलन गरेको स्थानीय श्रम बजारको माग सम्बन्धि विवरण

 

बेरोजगार व्यक्ति कस्तालाई बुझ्ने भन्ने प्रश्नमा गुप्ताले

• काम गर्ने इच्क्षा र चाहना हुदाहुदै पनि विगत ३० दिनदेखि काम नपाएको र अवको १५ दिनभित्रमा काम पाएमा काम गर्न इच्छुक व्यत्ति पनि वेरोजगारको रुपमा सम्झनु पर्दछ ।

 

• एक आर्थिक बर्षमा न्युनतम एक सय दिन बराबरको रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको अठार बर्ष देखि उनान्साठी वर्ष उमेर समुहको नागरिक सम्झनु पर्दछ । भने ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले बेरोजगार व्यक्तिलाई ऐन बमोजिम रोजगार दिने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र अन्तर्गतका कार्यालय तथा निकाय र सार्वजनिक संस्थान तथा संगठित संस्था, उद्योग, प्रतिष्ठान तथा कानून बमोजिम संचालनमा रहेका रोजगार मूलक संस्था सम्झनु पर्छ र सो शब्दले निजी रोजगारीका अवसर उपलब्ध गराउने व्यक्तिलाई रोजगारदाता भनेर बुझ्ने गरिएको बताउदै रोजगारदाता सङ्गको सुमधुर समन्वयमा बेरोजगारहरुलाई रोजगार दिन सकिने बताए ।

प्रमुख प्रशासकिय अधिकृत साहले स्थानीयतहले हाल गर्नुपर्ने कार्यहरु निम्न भएको बताए ।

 

• स्थानीय रोजगार रणनीति तर्जुमा गर्नुपर्ने

 

• श्रम बजारको माग बमोजिम सीप तथा क्षमता बिकास कार्यक्रम सञ्चालन गर्नुपर्ने

• व्यवसायिक सीप तथा क्षमता विकासको लागि श्रमिकको छनैट गर्नुपर्ने कार्य

 

• रोजगार परामर्श तथा रेफरल सेवा प्रदान गर्नुपर्ने कार्य

 

• रोजगार विनिमय सेवा सञ्चालन गर्नुपर्ने कार्य • स्थानीय रोजगार मेला सञ्चालन गर्नुपर्ने कार्य

 

• रोजगार सम्वाद मञ्चको सञ्चालन गर्नुपर्ने कार्य

 

• स्थानीय तह प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम समुन्वय समिति (Local Level TVET Coordination Committee) गठन गर्नुपर्ने कार्य

 

नगर प्रमुख बिनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख रौशन प्रविण,वडा अध्यक्षहरु,विभिन्न रोजगारदाताहरु,सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सन्चालन इमरान आलमले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर