नूर आलम बादशाह, अषाढ़ १२ गते बुधबार
बाराको पचरौता पालिकाले ५० प्रतिशत अनुदानमा स्थानीय कृषकहरुलाई
प्लाष्टिक चार्जर स्प्रे टंकी वितरण गरेको छ । नगरपालिकाले सोमबार, मंगलबार र बुधबार गरी तीन दिन सो सामग्री वितरण गरेको हो ।
पूर्व घोषणा अनुसार पचरौता नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका किसानलाई ३४१ प्लाष्टिक चार्जर स्प्रे टंकी वितरण गरिएको नगर प्रमुख जलन्धर सिंहले जानकारी दिनुभयो ।
स्थानीय किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि उक्त उपकरण वितरण गरिएको नगर प्रमुख सिंहले बताए । किसानलाई कृषि उपकरणको सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।
स्प्रे टंकी बितरणले स्थानीय रूपमा उत्पादन बढाउन नगरपालिकामा कृषिमा आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा उप नगर प्रमुख नसीमा खातुन, प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव लगायत स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।








