साजिर मन्सूर 

कलैया,असार १४

“नेपालमा दलित दलित तथा सिमान्तकृत महिलाको अधिकार सुदृढीकरण परियोजना” अन्तरगत दलित महिलाको सहभागिता र प्रतिनिधित्व बढाउन राजनितीक दल र अन्य संघ संस्था सङ्ग सम्बाद गरिएको छ । कलैया स्थित दास गेस्ट हाउसको सभाहलमा सम्बाद सम्पन्न भएको हो ।

 

आयोजक संस्थाका अध्यक्ष किसमती रामले सबै दलित सिमान्तकृत बर्गको आर्थिक स्तर उकास्नु सङ्गै सम्बन्धित बजेट निर्माणमा आफुहरुको मुद्दा समेट्ने रहेको बताएकी छन । अध्यक्ष रामले दलित महिला संघ बाराले जिल्लाको हरेक दलित समुदायलाई उकास्ने कार्य गर्दै आएको र समय समयमा यसका लागि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै आएको समेत बताएकी छ्न ।

संचालित परियोजनाको मुख्य उदेश्य दलित तथा सिमान्तकृत महिलाहरुको मानव अधिकार सुदृढीकरण गर्नु रहेको रामले सो अवसरमा जानकारी गराएकी थिइन।

 

सम्बादमा बर्तमान बिधमान जातिय तथा अन्य समाजिक छुवाछुत तथा भेदभावको अवस्था एवम कानुनी ब्यवस्थाको बारेमा सरोकारवाला सङ्ग छलफल गरिएको थियो । खासमा अहिले बजेट निर्माणका क्रममा दलित महिलालाई सबल बनाउन आवस्यक बजेट शो शिर्षकमा राख्न समेत आग्रह गरिएको थियो ।

 

महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वालले दलित समुदायले आफै भित्र छुवाछूत गर्ने गरेको देखेर अचम्मित भएको बताईन । आफुले केवल अधिकार खोज्ने गरेको तर कर्तब्य बिर्सने काम गरेको बताईन । मानसिकताबाट नै आफू दलित भएको कुरा त्याग्न सके मात्र परिवर्तन भएको महसुस गर्न सकिने बताईन । दलित समुदायलाई चुनावमा टिकट समेत नदिने गर्नु गलत भएको र यसका लागि सबै अगाडी आउनुपर्ने बताईन । हिजोको दिनमा तिर्पाल मा बस्न पनि डराउने महिलाहरु आज कलैयाको कुर्सिमा आएर बसेर आफ्नो कुरा राखेको देख्दा यो नै परिवर्तन हो भनेर भनिन । अहिले पुरुष हिन्सा पनि बढ्दै गएको प्रती चिन्ता व्यक्त गरिन । पहिला सासुले बुहारि माथी शासन गर्ने चलन थियो तर अहिले बुहारिले शासुमाथी हिंसा गर्दै गरेको तितो सत्य बारे उजागर गरिन ।

 

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर २ भवानिपुर कि प्रमिला कुमारी रामले आफुमाथी वडाका एक जना युवाले बिना कारण कुटपिट गरेकोले दलित भएकै कारण आफू जस्ता कैयौ छोरी विभिन्न हिन्सामा परिरहेको बताईन । उनले बारा प्रहरीमा उजुरी दिदा पनि अहिले सम्म न्याय नपाएको बताईन । उनले बारा प्रहरी सङ्ग आफुलाई न्याय दिन आग्रह गरिन । समयमा प्रहरीले न्याय नदिदा हरेक दिन आफु सहित घर परिवारका सदस्यलाई सो युवकले मार्ने धम्की दिइरहेको बताईन ।

 

आयोजक संस्थाको अध्यक्ष किशमती रामको अध्यक्षतामा भएको कार्यक्रममा लोसपा का नेता डा.कमरुल्लाह अन्सारी,महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वाल,काङ्रेस नेतृ उषा देबि राम,जनमत पार्टी बाराका नेता सन्तोष पटेल सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

 

रघुबिर रामले सन्चालन गरेको कार्यक्रममा स्वागत आयोजक संस्थाको कोषाध्यक्ष दुलारी रामले गरेकी थिईन ।

 

केआईओएस फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न जिल्ला स्तरिय बहसको आयोजना दलित महिला संघ बाराले गरेको कार्यक्रम ब्यवस्थापक जयप्रकाश रामले जनाए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर