नूर आलम बादशाह, असार १८ गते मंगलबार
पचरौता नगरपालिकाद्वारा अन्तर विधालय वादविवाद प्रतियोगिता सम्पन्न
बारा जिल्लाको पचरौता नगरपालिकाद्वारा नगर स्तरीय अन्तर विद्यालय बैदेशिक रोजगारी, अवसर की चुनौती´ भन्ने विषयमा नगरपालिकाको सभाहलमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ।

पचरौता नगरपालिकाको आयोजना तथा शिक्षा शाखाको व्यवस्थापनमा भएको बादबिबाद प्रतियोगितामा वर्तमान समयमा अत्यन्तै चर्चित रूपमा रहेको बैदेशिक रोजगार सम्बन्धी सचेतना जगाउने उद्देश्यले `बैदेशिक रोजगारी अवसर की चुनौती´ भन्ने विषय तय गरिएको थियो। उक्त प्रतियोगितामा पचरौता भित्रका ४ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । औपचारिक सत्रमा संचालन भइ सम्पन्न भएको उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिको रूपमा नगर प्रमुख जलन्धर सिंहले गर्नुभएको थियो भने बिशिष्ट अतिथिको रूपमा नगर उप प्रमुख नसीमा खातून, वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रवक्ता लक्ष्मी यादव, वडा नम्बर ३ का वडा अध्यक्ष धेनुक राउत कुर्मी, वडा नम्बर ६ का वडा अध्यक्ष मकबूल मियाँ अंसारी, वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेव प्रसाद यादव लगायत रहनुभएको थियो।

कार्यक्रममा श्री नेरामावि पिपरपातीका प्रधानाध्यापक रामानन्द साह, श्री नेरामावि बेनौलीका प्रधानाध्यापक ज्ञानी साह, श्री नेरामावि बेलदारीका प्रधानाध्यापक प्रमोद प्रसाद यादव, शिक्षकहरु बिश्व जय प्रसाद यादव, प्रमोद प्रसाद साह, ओम प्रकाश चौधरी, मुकेश कुमार महतो, पालिका आईटी ऑफिसर जावेद मंसूरी, सच्चिदानन्द पटेल लगायत बिधार्थी भाईबहिनीहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रममा कार्यक्रम सञ्चालन श्री नेरामावि कुड़वाका प्रधानाध्यापक सबिन्द्र सहनीले गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गौरी साह, शिक्षा संयोजक पंडित त्रिपाठी र शिक्षा सहायक मुकेश कुमार सिंह निर्णायक मण्डलको रूपमा रहेको सो कार्यक्रममा रू. ५०००/- नगद , ट्रफी, मेडल, कॉपी, किताब र कलम हात पार्दै श्री नेरामावि बेनौली प्रथम हुन सफल भयो भने रू.३०००/- नगद , ट्रफी, मेडल, कॉपी, किताब र कलम हात पार्दै नेरामावि पिपरपाती दोस्रो, रू. २०००/- नगद , ट्रफी, मेडल, कॉपी, किताब र कलम हात पार्दै श्री नेरामावि कुड़वा तेस्रो हुन सफल भयो। यसैगरी सान्तवना पुरस्कार प्राप्त गर्दै श्री नेरामावि बेलदारी चौथो हुन सफल भए। सहभागी भाईबहिनीहरुलाई प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिबाट ट्रफी, मेडल, कॉपी, किताब र कलम प्रदान गरिएको थियो। यस किसिमका वादविवाद प्रतियोगिता सम्पन्न गर्ने बारा जिल्ला मै पचरौता नगरपालिका पहिलो पालिका बन्न सफल भएको छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर