वीरगंजको भिस्वामा रहेको नवदीप एकेडेमी विद्यालयका बस वीरगंज कलैया सडकखण्डमा दुर्घटना भएको छ ।
वीरगंजबाट विद्यार्थी लिएर जादै गरेको ना १ क ८७५८ नम्बर बस कलैया वीरगंज सडक खण्ड मोतिसरमा दुर्घटनामा परेको हो ।
बसमा रहेका सबै बिद्यार्थी सकुशल रहेका छन भने एकजना शिक्षक घाईते छन ।
घाईते शिक्षकको अहिलेसम्म परिचय खुलेको छैन भने दुर्घटनाको समेत अहिलेसम्म कारण बताईएको छैन ।







