साजिर मन्सूर
कलैया,असार २४
कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले कलैया उपमहानगरपालिका लाई भ्रस्टाचार मुक्त गरेर छाड्ने प्रतिबद्धता फेरि दोहोर्याएका छन । सुशासन पारदर्शीता जवाफ देहिता कलैया उपमहानगरको प्रतिबद्धता भन्ने नारा सहित आज कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित वडा कार्यालय भवनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख साहले यस्तो बताएका हुन । नगर प्रमुख साहले उठेका सबै प्रशनको जवाफ दिएका थिए । उनले सरसफाइ,शिक्षा र कृषि एवम किसानको बिकास मा आफू लागेको बताए । मेयर साहले शहरी छेत्रको बिकास पछि अब पुर्ण रुपले पालिको ग्रामीण भेगमा ध्यान दिने उल्लेख गरे । उनले दुई दिनमा भरत चौकको शौचालय फोडेर नया बनाउन लागेको बताए । बजारमा बनेको नया सौचालय अब सन्चालनमा ल्याउने बताए ।
सुनुवाईका क्रममा स्थानियले नगरमा सरसफाइको कमि,खानेपानीको ब्यवस्थापन नहुनु,सौचालयको अभाव,किसानलाई मल खादको अभाव,किसानलाई अनुदान नदिईनु र वडामा अधिकान्स खेती योग्य जमिनको भु माफिया द्वारा प्लटिङ्ग गरि बाझो राख्दा अन्य खेती मा समेत प्रतिकुल प्रभाव परिरहेकोमा कलैया सरकार जिम्मेवारी बाट पन्छिएको आरोप लगाएका छन ।
कलैया उपमहानगरपालिकाको स्थानिय शासन बिज्ञ रहेका नजबुल्लाह अन्सारीले स्वागत मन्तव्य दिदै वडा बाट प्रवाह हुने सेवा सहज रुपमा पुगे नपुगेको,नगरबाट आउने योजना पालिकामा भयो कि नाई यी तमाम बिषयमाथी खुल्ला छलफल हुने बताए । सार्वजनिक सुनुवाइले पारदर्शिता,जवाफदेहीता,र निर्णय प्रक्रियामा लोकतान्त्रिक सहभागिताका लागि एक सम्यन्त्रको रुपमा काम गर्दछ अन्सारीले भने ।
उठेका सबै जिज्ञासाको जवाफ दिदै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले अहिले बिश्वभर नै आर्थिक मन्दी को सम्भावना रहेको बताउदै देशमा पनि पहिलाको जस्तो बजेट आउन नसकेको बताए । साहले उठेका जिज्ञासा को सम्बोधन गर्दै कलैया अब अवस्य पहिलाको भन्दा राम्रो बन्दै गएको र यसमा हालका जनप्रतिनिधि र नगरबासिको योगदान रहेको बताए ।
वडा नम्बर ४ का अध्यक्ष रामेस्वर यादवको अध्यक्षता तथा नगर प्रमुख साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह,ईन्जिनियर माधव यादव,वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतो,वडा नम्बर ६ का अध्यक्ष रामबिश्वाश ठाकुर,वडा अध्यक्ष अमिन अन्सारी,कार्यपालिका सदस्य उदित गुप्ता, सहित नगरबासी लगायतकाको उपस्थिति थियो ।
लक्ष्मी खरेलले सहजीकरण गरेको कार्यक्रमको आयोजना कलैया उपमहानगरपालिका र वडा नम्बर ४ को कार्यालयले तथा ब्यवस्थापन नेपाल जनशक्ति सीप बिकास तथा परामर्श केन्द्र प्रालीले गरेको थियो ।







