साजिर मन्सूर
कलैया,असार २७
बाराको चर्चित रेडियो बिश्वास एफएम आजबाट १० वर्षमा प्रवेश गरेको छ । वि.सं. २०७२ साल असार २७ गतेबाट सुरुवात भएको भुई तहको आवाज बिहिनको आवाज बन्दै निरन्तर प्रशारण भैरहेको यो रेडियो ९ बर्ष पार गरि १० वर्षमा प्रवेश गरेको हो ।
५०० वाटको ट्रान्समिटरबाट दैनिक १८ घण्टा प्रसारण सुरु गरेको रेडियो बिश्वास हाल पनि १८ घण्टा प्रसारण गर्दै आएको छ ।
रेडियोले हाल २ भाषामा समाचार र ३ भाषामा कार्यक्रम प्रसारण भइरहेका छन् । हाल रेडियोको साथै अनलाइन तथा मोबाइल एपबाट समेत सुन्न सकिने व्यवस्था गरेको छ ।
एफ.एम.का प्रबन्ध निर्देशक साजिर मन्सूरले १० औं बर्ष प्रवेशको सुखद घडीमा रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पुर्याउने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिनु भएको छ । उहाँले रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मी साथीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ ।
साथै उहाँले संस्थाका संस्थापक अध्यक्ष शन्नी जयस्वाल तथा प्रीयन्का दासको नेतृत्वमा रहेर रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ ।
एफएमको बर्तमान अध्यक्ष स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको बताउदै अध्यक्ष दासले स्थानीय सरकार र नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
दासले पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई बिश्वास एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको बताईन ।
खासगरी एउटा महिला ले सन्चालन गरेको सन्चार गृह भएका कारण पनि बिश्वास एफएम महिला दिदिबहिनिको उत्थानका निमित बिशेष कार्यक्रम चलाउदै आएको बताईन ।







