वीरगंज – बारामा प्रतिबन्धित लागुऔषधसहित दुई जना परेका छन । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका – ५ बस्ने ४६ बर्षीय विजय जैसवाल र पर्साकै छिपहरमाई गाउँपालिका – ५ बस्ने ४५ बर्षीय मेघनाथ महत्तो रहेका बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

इलाका पहरी कार्यालय सिमरा बारा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजबाट खटेको संयुक्त प्रहरीको टोलीले जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरा चौकमा हिड्दै गरेका जैसवाल र महत्तोलाई रोकेर चेकजाँच गर्दा उनीहरुले बोकेको झोलाबाट लागुऔषध बरामद भएपछी पक्राउ गरिएको उहाँले भन्नुभयो।

पक्राउ परेका दुबै जनाबाट प्रहरीले २ सय पिस फेनारगन , नुर्फिम २ सय पिस र डाईजोपान २ सय पिस गरी जम्मा ६ सय प्रतिबन्धित लागुऔषध बरामद गरेको सापकोटाले जनाउनुभयो । प्रहरी प्रवक्ता सापकोटाका अनुसार दुवै जनामाथि लागुऔषध सम्बन्धि कसुरमा आवश्यक कानुनि प्रक्रिया अगाडी बढाईएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर