गत आर्थिक बर्ष २०८०/८१ मा बारामा ५० हजार भन्दा बढीले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारि छविरमण भट्टराईका अनुसार गत आर्थिक बर्ष ०८०/८१ मा बारामा ५० हजार ८ सय १८ जनाले राष्ट्रीय परिचयपत्र प्राप्त गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाराको राष्ट्रिय परिचयपत्र शाखाबाट १५ हजार आठ सय १६ जना , सिमराबाट १० हजार ६८ जना , सिम्रौनगढबाट ३ हजार ४ सय १९ जना कोलहवीबाट ५ हजार ५ सय ६ जना र विभिन्न पालिकाबाट १६ हजार नौ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका सहायक प्रमुख जिल्ला अधिकारि भट्टराईले जनाउनुभयो ।
बाराका विभिन्न स्थानहरूबाट गरिएको यो परिचयपत्र वितरणले नागरिकहरूको सरकारी सेवामा पहुँच सहज बनाएको समेत सहायक प्रमुख जिल्ला अधिकारि भट्टराईको बिश्वास छ ।







