साजिर मन्सूर
कलैया,भदौ -०८
नेपाल ईङ्लिश लाङ्वेज टिचरर्स एशोसिएशन बाराको चौथो जिल्ला साधारण सभा सम्पन्न भएको छ । कलैया स्थित बाल एकता ईङ्लिश प्लस टु साईन्स एन्ड म्यानेजमेन्टको सभाहलमा सम्पन्न सभाबाट एशोसिएशन बाराको नया कार्यसमिति गठन भएको छ । गठित नयाँ कार्यकारी समितिको अध्यक्षमा अङ्ग्रेजी शिक्षक तथा श्री नेरा माबी ब्रहम्पुरिका प्रधानाध्यापक रमेश प्रसाद कुशवाहा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन । गठित समितिको उपाध्यक्षमा केशव सिजाली,सचिव तेजीलाल प्रसाद शाह,सह सचिव भक्त बहादुर राउत कोषाध्यक्ष नरेन्द्र कुमार निधि,सदस्यहरुमा गजेन्द्र प्रसाद यादव,बबि चौधरी,रामाकान्त गुप्ता,उमा शंकर प्रसाद यादव,पुजा यादव,प्रभु पराजुली सर्वसम्मत चयन भएका हुन ।
एशोसिएशन बाराका कार्यबाहक अध्यक्ष केशव सिजालीको अध्यक्षता एवम कलैया उपमहानगरपालिकाका मेयर बिनोद प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा विशिस्ट अतिथिहरु कलैया उपमहानगरपालिकाको शिक्षा अधिकृत विजय अधिकारी,भागिरथ झा,डा. बिनोद शाह, राम अवधेश यादव,सफिक अन्सारी, पुर्व अंग्रेजी शिक्षकहरु लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रममा अस्मिता पब्लिकेशन, बाल एकता क्लेज, मनकामना कलेज, सिद्धि बिनायक बोर्डिंग, कलैया ब्राइटल्याण्ड बो.,इन्टरनेसनल सिम्बायोसिस सेकेन्डरी स्कुल,+2 क्याम्पस, ग्यालेक्सी बो. स्कुल, फ्रीडम ट्रेनिंङ्ग सेन्टर पोखरा – ८, श्री रतनपाण्डे मा.वि.पोखरा-१३, ल्वांङ, सामुदायिक घरबास माछापुच्छ्रे-८, ल्वांङ, कास्की, गण्डकी प्रदेश ले सहयोग गरेका थिए ।
सो अवसरमा बारा जिल्ला भरिका अंग्रेजी शिक्षकहरुलाइ “Use of AI in ELT” भन्ने विषयमा तालिम समेत उपलब्ध गराईएको थियो। जसमा बारा जिल्ला भरिका एक सय पचास भन्दा बढी शिक्षकहरुको सक्रिय सहभागिता समेत रहेको थियो। तालिमको प्रशिक्षकको रुपमा नेल्टा सेन्टरका प्रशिक्षक बिबश थापाले प्रशिक्षण गर्नु भएको थियो।
अङ्ग्रेजी शिक्षक धर्मेन्द्र रामले संचालन गरेको कार्यक्रममा रमेश प्रसाद कुशवाहाले स्वागत गरेको AGM संयोजक धर्मेश जयसवालले जानकारी गराएका छन ।







