साजिर मन्सूर 

कलैया,भदौ १९

स्थानिय पाठयक्रम निर्माण सम्बन्धि आवस्यकता पहिचानका लागि कलैया उपमहानगरपालिकाको सभाहलमा कार्यशाला सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका र जनजागरण युवा क्लबको आयोजनामा कार्यशाला सम्पन्न भएको हो ।

oplus_2

स्वागत गर्दै कलैया उपमहानगरपालिका का शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रल्हाद बर्णवालले स्थानिय पाठ्यक्रम बनाउन पहिलो बैठक भएको र आज विशेष छलफल गरि रुपरेखा तयार गर्ने बताए । कक्षा १ देखि ८ सम्मको स्थानिय पाठ्यक्रम तयार गरिने बर्णवालले बताए ।सबैको योगदान र सक्रियता ले मात्र स्थानिय पाठ्यक्रम तयार गर्न सकिने भएकाले सबैको सहयोगको लागि आग्रह गरे ।

 

नगर प्रमुख बिनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख रौशन प्रविण,शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रल्हाद बर्णवाल,शिक्षा अधिकृत बिजय अधिकृत,शिक्षा समिती सदस्य मनोज जयस्वाल,

विभिन्न बिधालयका प्रधानाध्यापकहरु,भाषाजनजागरण युवा क्लबको कार्यक्रम प्रबन्धक मनोज यादव,जनजागरण युवा क्लबका सिकाई तथा दस्तावेजिकरण अधिकारी नरेश साह,बिज्ञहरु,बिद्यार्थीहरु सहितको उपस्थिति रहेको एक्टिभ परियोजना अधिकृत निशा पन्तले जानकारी गराईन ।

 

कार्यशालाको शिक्षाबिद बौधराज निरौलाले सहजीकरण गरेका थिए ।

कलैया उपमहानगरपालिकामा पाठ्यक्रम निर्माणका लागि ५ सदस्यीय कार्यदल गठन भएको पन्तले जानकारी गराएकी छन । नगर प्रमुख बिनोद साहको सम्योजकत्वमा गठित कार्यदलको सदस्यहरुमा कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत बिजय अधिकारी,प्रधानाध्यापक रमेश कुश्वाहा,शिक्षक नरेन्द्र कुमार निधि,शिक्षक रितु बहादुर गुरुङ,शिक्षक पवन प्रसाद यादव रहेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर