लागु औषध खैरो हेरोईनसहित वीरगंजबाट एक जना भारतीय युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको विहार राज्य मोतोहरी बस्ने विकास कुमार पटेल रहेका जिल्ल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उनको साथबाट प्रहरीले ४८ ग्राम खैरो हेरोईन बरामद गरको पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाउनुभयो ।
प्रहरी नायव उपरीक्षक भारतीका अनुसार विशेष सुराकीको आधारमा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको जमुना सेकुवा होटेलमा खानतलासी गरी उनलाई लागुऔषध पदार्थसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका पटेल आईतबार साँझ जमुना होटेलमा खाजा खादै गर्दा पक्राउ परेका हुन् । उनि माथि आवश्यक अनुसन्धान भईरहेको छ ।







