साजिर मन्सूर
कलैया,असोज ६
काङ्ग्रेस पदाधिकारीहरुले आज संयुक्त रुपमा पार्टी सभापतिको एकलौटी मनोपोली रबैयाको बिरोध गर्दै पत्रकार सम्मेलन गरेको छ । करण राज पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरि नेपालि काङ्ग्रेस बाराका सभापति राजेश राय यादव बिरुद्ध काङ्ग्रेस सचिव द्वय भैयाराम यादव र राजेश रौनियारले बिरोध जनाएका छन । उनिहरुले गौरवपूर्ण इतिहास बोकेको पार्टी नेपाली कांग्रेसको सदस्यता प्रदान गर्दा पार्टीको विधान तथा नियमावलीले व्यवस्था गरे बमोजिम विधि सम्मत गर्नु पर्ने हो, तर पार्टीको जिल्ला सभापति राजेश राय यादवले नियम विपरित आफू अनुकुलका व्यक्तिहरुलाई सदस्यता वितरण गरेर निन्दनीय कार्य गरेको प्रति हाम्रों गम्भिर ध्यानाकर्षण भएको जनाएका छ्न । नेपाली कांग्रेसको विधान २०१७ संशोधन सहित एवं नेपाली कांग्रेसको नियमावली २०७६ को विपरित भएका सदस्यता वितरण कार्य तत्काल रोक्नु पर्ने उनिहरुले माग गरेका छन ।
नेपाली कांग्रेसको नियमावली २०७६ को धारा ३ अनुसार नयां सक्रिय सदस्यता फारम वितरण गर्दा प्रतिनिधिसभा क्षेत्रिय कार्यसमितिलाई उपल्बध गराउनु पर्ने क्षेत्रिय कार्य समितिले प्रदेशसभा कार्य समितिलाई, पालिका कार्यसमितिले बडा कार्यसमितिलाई फारम वितरण गर्नु पर्ने नियमावलीमा प्रष्ट रहे पनि जिल्ला सभापति यादवले नियमावलीलाई मिच्दै आफु अनुकुलका व्यक्तिलाई फारम वितरण गरेको कार्य प्रति घोरनिन्दा गर्नुको साथै विधान र नियमावली विपरित पार्टी कब्जा गर्ने मनसायले गरेको कार्यलाई हामिले घोर भत्संना तथा बिरोध गर्दछौ । आज जारी गरिएको बिज्ञप्तिमा समेत उल्लेख गरिएको छ । विधान विपरित कार्य नसच्चिएमा चरणवध आन्दोलनमा जाने समेत भनिएको छ ।
नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिले विधान विपरित वितरण हुदै गरेको क्रियाशिल सदस्यता वितरण कार्य सच्चयाउन जोरदार अपिल समेत गरिएको छ । बिज्ञप्तिमा
जिल्ला सचिव भैयाराम यादव अर्का सचिव राजेश रौनियार,नेपाली काङ्ग्रेस बारा छेत्र नम्बर १ का सभापति बिजयशंकर यादव र ३ का सभापति प्रभात कुमार चौरसियाले हस्ताक्षर गरिएको छ ।
आज गरिएको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता शम्भु बहादुर बुढाथोकी,काङ्ग्रेस बारा सह सचिव,जिल्ला सदस्य प्रीयन्का दास,अफ्तर मन्सूर,कलैया नगर सचिव मुकेश यादव,नेपाली काङ्ग्रेस बारा निर्वाचन छेत्र नम्बर १ क सभापति टेक बहादुर लामा,काङ्ग्रेस निजगढ नगर सभापति नवराज तिमिल्सिना लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

भोलि काङ्ग्रेस सभापति शेर बहादुर देउवा बारा आउने अघिल्लो दिन यसरी काङ्ग्रेस को विधि बिधानको रछाका लागि गरिएको पत्रकार सम्मेलनलाई अर्थ पुर्ण रुपले हेरिएको छ







