मोटरसाईकल दुर्घटनामा परेर बाराका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर १३ का २५ बर्षीय सुरेन्द्र घलान रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

निजगढ नगरपालिकास्थित तामागढी–रतनपुर सडकको तपस्वीस्थलनजिकको जंगलमा मोटरसाइकल दुर्घटना हुदाँ उनको घटनास्थल मै मृत्यु भएको हो ।

रतनपुरबाट निजगढतर्फ जाँदै गरेको प्र २–०३ –००६ प २७८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक घलानको घटनास्थलमै मृत्यु बारा प्रहरीले जनाएको छ ।

उक्त घटनामा परेर त्यही मोटरसाईकको पछाडी सवार ४२ बर्षिय रामबहादुर बम्जन घाईते हुनुभएको छ । उनको दाहिने खुट्टा तथा शरीरको अन्य भागमा चोट लागेको र वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर