साजिर मन्सूर
कलैया,असोज १६
कलैया उपमहानगरपालिका वडा नम्बर १५ ले वडाका ४७ जना छात्राहरुलाई आज एक कार्यक्रमका बिच साईकल बितररण गरेको छ । बकुलहर स्थित वडा कार्यालय प्राङ्गणमा वडा बासिको भेला गराई सो साईकल बितरण गरिएको हो । सो कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साहले साईकल बितरण गर्नुको प्रमुख लक्ष्य भनेको छोरिहरु शिछित भएर लोक सेवा पास गरि सरकारी जागिर गरि राज्यको सेवा गर्नु भएको बताए । उनले कलैयाको समग्र बिकासका लागि छोरिहरु पढ्नुपर्छ भने । यसका लागि कलैया ले आवस्यकता अनुसारको कार्ययोजना तथा बजेट ल्याउने बताए ।

oplus_34

oplus_34
छोरी पढ्दा समाजको बिकास हुनेमा वडा नम्बर २६ का वडा अध्यक्ष धर्मेन्द्र यादवले जोड दिए । वहाले वडाका उत्कृष्ट बिद्यार्थी लाई विशेष छात्रवृत्ति योजना ल्याउनुपर्ने बताए । उत्कृष्ट हुने बिद्यार्थीका लागि बिशेष छात्रवृत्ति योजना ल्याईनेमा समेत उनले जोड दिदै आफ्नो वडामा सो को लागि बजेट ब्यवस्थापन गरिने बताए । उनले साईकलहरु अध्ययनका लागि प्रयोग गर्न आग्रह गर्दै त्यसमा घाँस दाउरा ओसार्न नहुने बताए ।
वडाको समग्र बिकासका लागि सम्पुर्ण नागरिकलाई समेत सहयोग गर्नुपर्ने वडा नम्बर २७ का वडा अध्यक्ष अशोक तिवारीले जानकारी गराए । तिवारिले आफ्नो वडाको नाम समग्र देश मै चम्काउन सबैमा त्यो खालको लगनशिलताले पढ्न बताए ।
उक्त अवसरमा छिमेकी वडा नम्बर २६ कि कक्षा १० कि छात्रा सहनाज खातुनलाई समेत पर्सा जिल्लामा टप गरेको भन्दै सम्मान सहित एक थान साईकल सहित सम्मान गरिएको वडा सदस्य ओहाब अन्सारीले जानकारी गराए ।
वडा अध्यक्ष भोरिक यादवको अध्यक्षतामा भएको कार्यक्रममा श्री नेरा माबी सिस्वा महेशपुरका प्रधानाध्यापक राधाकृष्ण यादव, नेपाल प्रहरीका सैइ बिष्णु चौलागाई,वडा सदस्यहरु सहित वडा बासिको उपस्थिति रहेको थियो ।







