साजिर मन्सूर
कलैया,असोज २४
बारा जिल्ला अदालतको अगाडी रेहान स्पेयर पार्टस एन्ड सर्भिस सेन्टरको उदघाटन भएको छ । सेन्टरमा हरेक कम्पनीको बाईकको आधुनिक मेसिन द्वारा सर्भिसिङ्ग गर्नुको साथै हरेक कम्पनीको ओरिजिनल स्पेयर पार्टस सस्तो मुल्यमा उपलब्ध गराईने सन्चालक प्रबेज आलमले जानकारी गराए । आलमले यहाँ थोक तथा खुद्रा मुल्यमा हरेक विश्व प्रख्यात कम्पनीहरुको स्पेयर पार्टस उपलब्ध गराईने बताएका छन । आलमले दशैको अवसरमा असोज २४ गते फुलपातीका दिन देखि कार्तिक १५ गते लक्ष्मी पुजा सम्म निशुल्क सर्भिसिङ्ग को ब्यवस्थापन सङ्गै स्पेयर पार्टसमा समेत छुट दिईने जनाएका छन ।
कार्यक्रममा प्रदेश सान्सद महमद समीर,जिल्ला समन्वय समिती बाराका सभापति नरेन्द्र साह,एमाले बाराका अध्यक्ष अध्ययान्द पान्डे,नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएसन जिल्ला समन्वय समिती बाराका सम्योजक पन्नालाल कुश्वाहा,मदन भण्डारी फाउन्डेसन बाराका अध्यक्ष रुस्तम अन्सारी,अफताब अन्सारी,एमाले प्रदेश कमिटी सदस्य राजमहमद राय,कलैया उपमहानगरपालिका वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव लगायतकाको उपस्थिति रहेको थियो ।







