साजिर मन्सूर 

कलैया,कार्तिक ६ 

खेल र खेलाडीको प्रवर्द्धनका लागि कलैया उपमहानगरपालिकाका वडा अध्यक्ष धर्मेन्द्र यादवले आफनै निजि डेढ बिगहा जग्गामा फिल्ड बनाएका छन । कलैया उपमहानगरपालिका वडा नम्बर २६ मा पर्ने सिस्वा दोहरी सडक सङ्गै जोडिएको डेढ बिगहा निजि जग्गा उपलब्ध गराएको महेशपुर बजरङ्ग क्लबका अध्यक्ष अनिल चौधरीले बताए । चौधरीले कलैया २,१५,२६ र २७ नम्बर वडामा खेल्नको लागि कुनै पनि मैदान नभएका बेला वडा अध्यक्ष यादवले चुनावका बेला गरेको चुनावी घोषणा अनुसार आफ्नो प्रतिबद्धता पूरा गरेको बताए । वडा अध्यक्ष यादवले यो छेत्रको  खेलकुद बिकासका लागि आफू सदैव खेलाडिहरु सङ्ग उभिएको बताएका छन । उनले वडामा खेलकुद प्रतियोगिता सम्पन्न गराउन हरेक बर्ष वडा स्तरिय बजेट छुट्याउदै आएको बताए ।

महेशपुर रि युनियन सिजन २ को आज फाईनल खेलमा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष यादवले आउने दिनमा प्रदेश मै अब्बल खेलाडी उत्पादन गर्ने योजनाका साथ खेलकुदमा लगानी गर्न कलैया उपमहानगरपालिका सङ्ग आवस्यक बजेट बिनियोजनका लागि आफुले पहल गरिरहेको बताए । बारा त्यसमा पनि कलैया उपमहानगरपालिका क्रीकेट को उर्बर भुमी भएको स्मरण गराउदै राज्यको लागि अब्बल खेलाडी उत्पादन गराउने आफ्नो लक्ष्य पूरा हुनेमा बिश्वस्त गरे ।

 

आज भएको फाईनल खेलमा पहिले ब्याटिङ्ग गर्दै महेशपुर स्टारले १७ ओभर खेल्दै सबै बिकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो । उस्का लागि दिपेश अधिकारीले २२ रन बनाए । रोयल च्यालेन्जर्स बकुलहरका तर्फबाट बिबेक सहनी,विशाल सहनी र रोहित गुप्ताले समान ३/३ बिकेट लिए । जवाफी ब्याटिङ्गमा ओर्लिएको बकुलहर जम्मा ७४ रनमा समेटियो । त्यसका लागि अरुण कुश्वाहाले २५ रन बनाए । रामप्रबेश सहनिले १८ रन बनाए ।

महेशपुर स्टारका लागि लौकेश यादवले ४ बिकेट र सत्यप्रकाश चौधरी २ बिकेट लिए ।

 

बिजेता महेशपुर स्टारलाई प्रमुख अतिथि वडा अध्यक्ष यादवले नगद रु.४० हजार सङ्गै मेडल र कप उपलब्ध गराए । यस्तै दोश्रो भएको बकुलहर लाई बिशिस्ट अतिथि वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल र २७ का अध्यक्ष अशोक तिवारिले सम्युक्त रुपमा नगद रु.२० हजार मेडल र कप हस्तान्तरण गरे ।

 

महेशपुर बजरङ्ग क्रीकेट क्लबको आयोजनामा भएको समापन समारोहमा कलैया उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारि,कलैया उपमहानगरपालिका बाताबरण शाखाका प्रमुख अनिल पान्डे,वडा नम्बर २६ का वडा सदस्यहरु ओहाब अन्सारी,सुबास मिया,स्थानीय समाजसेवी खेलप्रेमिहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर